सिरहा : होलीमा उछृंखल गतिविधि गरेको आरोपमा ११ जना पक्राउ,२१७ सवारी होल्ड

  • चैत ४, २०७८ | ६८७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । शुक्रवार फागु पूर्णिमा मनाउने क्रममा उछृंखल गतिविधि गरेको आरोपमा सिरहाबाट ११ जना पक्राउ परेका छन् ।

सिरहाको सिरहा नगरपालिका, विष्णुपुर, चौर्हवा,मिर्चैया, गोलवार, धनगढी, जिरोमाईल, लहान, कर्जन्हा, बन्दीपुर लगायतको क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीले राजधानीपाटीलाई बताए ।

उनका अनुसार सबैभन्दा बढी  भिड हुने स्थान लहान, गोलबजार, मिर्चैया क्षेत्रबाट होलीमा उछृंखल गतिविधि गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांशले मादक पदार्थ सेवन गरेर उछृंखल गतिविधि गरेको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीले बताए । उनले भने, ‘अन्य व्यक्तिलाई अनावश्यकरुपमा दुःख हैरानी दिने पनि पक्राउ परेका छन्, सबैलाई स्क्रीनिङ गरेर कसूर अनुसार छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्छ ।’

यसैबीच, शुक्रबार बिहानदेखि साँझ ६ बजेसम्म २१७ सवारी साधन जिल्ला भरी होल्ड गरिएको छ । ‘बिना हेल्मेट हिँड्ने, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गरेको पाइएपछि उनीहरुलाई कारबाही गरिएको हो’ डिएसपी बुढाथोकीले भने ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब