औरहीकी उपाध्यक्ष यादवद्वारा जसपा परित्याग, काँग्रेसमा प्रवेश गर्ने तयारी

  • चैत १८, २०७८ | ३९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सिता कुमारी यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै उपाध्यक्ष यादवले जसपा परित्याग गरेकी हुन् । औरही गाँउपालिका ३ घर भएकी उनी विज्ञप्ती जारी गरेर साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

केन्द्रीय अध्यक्ष समक्ष निवेदन दिएपनि सुनवाई नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र पार्टी हित विपरित काम गर्नेलाई कारबाही नगरेको उनी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीमा व्यक्तिवादी हावी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मुल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता प्रवृत्तिले गर्दा पार्टी परित्याग गरेको पनि उनले भनेकी छन् ।

स्रोतका अनुसार उपाध्यक्ष यादव नेपाली कांग्रेसमा प्रवेश गर्न लागेकी हुन् । उनलाई प्रवेश गराउन औरही गाँउपालिका ३ मै नेपाली कांग्रेसले चैत्र २५ मा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब