सिरहामा जन्ती बोकेको बस दुर्घटना, ३१ जना घाइते

  • वैशाख ८, २०७९ | ७८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गोलबजारमा जन्ती बोकेको बस र टिपर आपसमा ठोकिदा ३१ जना घाईते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको ना. ६ ख. ८२०१ नम्वरको बस र को. १ ख. ५४३४ नम्वको टिफर आपसमा ठोकिएको हो । स्थानीयका अनुसार विपरित दिशाबाट आईरहेको टिपर बसमा ठोकिएपछि दुर्घटना भएको छ ।

दुर्घटनामा बस र टिपरका चालक र बसमा सबार जन्ती गरी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेहरुलाई स्थानीय र प्रहरीले स्थानीय लाईफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा भर्ना गराएका छन् ।

दुर्घटनामा घाईते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए । सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको जन्तीको बस दुर्घटनामा परेको उनको भनाई छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब