सिरहामा बाबु–छोराको धारीलो हतियार प्रहार गरी हत्या

  • जेठ ८, २०७९ | ८०९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो।

सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए। स्थानीयका अनुसार राती करिव १२ बजे सम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए।

घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुतेका थिए। उनीहरुलाई सुतिरहेकै ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ। बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०–१२ बर्षको बालक सुतेका थिए। उनले नै हत्या भएको थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएको बताइएको छ।

महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका सन्त कुमार इमान्दार र असल छविको युवा रहेको स्थानीयले बताए।

घटनाको जानकारी पाए लगतै करिव विहान ४ बजे नै घटनास्थल पुगेको प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास ढकालले घटनाबारे तत्काल केही बताउन नसकिने बताए।उलने भने, ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं, तत्काल घटनाको बारेका केही बताउन सकिन्न।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको छ।

arnama-1

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब