हप्ता भित्र सडक पेटी खाली नभए डोजर चल्छ : मेयर यादब

  • असार २३, २०७९ | ६९५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, २२ असार । कुरुप बन्दै गरेको सिरहा नगरपालिकाको बजार क्षेत्रलाई मापदण्ड अनुसार खाली गराउन मेयर डा. नविन कुमार यादबले बिहीवार आफै सडकमा आई व्यपारीहरुसँग अनुरोध गरका छन् ।

सिरहा सदरमुकाम बजार क्षेत्रका मुल सडक र सहायक सडकका लागि सरकारले तोकिएको मापदण्डमा रही सडक पेटी एक हप्ता भित्र खाली गर्न मेयर यादबले अनुरोध गर्नु भयो । बजार क्षेत्रका मुल सडक पेटीमा ८ मिटर दायाँ र बयाँ गरी चिनो लगाई हाप्ता भित्र खाली गर्न अनुरोध पनि गर्नु भयो ।

292097877_1193618414759958_3364159621349128359_n

सिरहा बजार सुन्दरताका लागि र दैनिक रुपमा हुने सडक दुर्घटन नियन्त्रणका लागि सडक पेटी समय सीमा भित्र खाली गर्न पर्ने मेयर यादबले व्यपारीलाई सुझाए ।

हप्तौ देखि सूचना दिइए पनि आज सम्म सुस्र्फूत रुपममा कसैले सडक पेटी खाली नगरेको देख्दा दुःख लाग्छ । यसरी नै सिरहा वासीले सहयोग नगरे विकास गर्न असहज हुने र जनताले दिईएको जिमेवारी पुरा गर्न नसकिने अवस्था आउँन सक्छ । जनताले दिईएको आशिर्वादलाई आत्मसाथ गरी काम गर्न जेसुकै कदम पनि चालने मेयर यादबले बताए ।

यदि सडक पेटी आजै देखि हप्ता भित्र खाली नगरे नगरपालिकाका डोजरले हटाउने पनि निर्देशन गर्नु भयो । सडक सबैको साझा सम्पती भएकोले यसलाई संरक्षण गरे हाम्रै ठाउँ सुरक्षित तथा सुन्दर बन्ने मेयर यादबले बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब