दलित बस्तिमा उठिबासको त्रास

  • साउन २८, २०७९ | ७५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ श्रावण । सिरहा नगरपालिका वडा नं. ६ को महरा बस्तिमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बस्ती खालि गर्न सूचना दिईए लगतै दलित बस्ती त्रासमै भएको छ । तिन पुस्ता देखि बसिरहेको ठाउबाट प्रत्येक वर्ष घर खालि गराउन प्रशासनले दबाव दिदाँ बस्ती नै तनाममै भएको छ ।

राधाकृष्ण गुठीको नाममा रहेको ३ बिघा १९ कट्ठा जग्गा क्षेत्रफलमा पोखरीको एउटा डिलमा बसिरहेको ७  घर दलित परिवारलाई गुठी संचालक दामोदर पोखरेलले जग्गाबाट घर खालि गराउन दबाव दिदै आईरहेको छ । तिन पुस्ता देखि बसिरहेका आलना जग्गामा कसैले त्यस्तै खालि गराउन आए ज्यान जान छ तर खालि नगर्ने रिझो कुमारी सदाले बताईन् । 

जग्गाको कागजात देखाई कहिले यो अलाना जग्गा व्यक्ति अथवा गुठीको नाममा नामसारी गरिएको छ भने विषयलाई स्पष्ट नगरे सम्म खालि हुदैन् । यो जग्गा अलाना हो कसरी गुठीको नाममा आयो भने कुरा हामीलाई बुझाउनु पर्छ र हामीलाई यहाँबाट हटाए घरवासको व्यवस्था मिलाए मात्र खालि गर्ने रामजी महराले बताउनु भयो ।

प्रशासनलाई सबै कुरा थाहा भएपनि गुठी संचालकसँग मिलोमतो गरेर हामी कमजोर दलित समुदायलाई उठिबास पार्न पटक–पटक उद्धत भईरहेको छ । हामीलाई थप पिडित बनाउने गरी मौसमी सिजनमा उठिबास बनाउन घरवार तोडन प्रयास गरिहरेको छ । हाम्रा समस्या बुझेरपनि किन नेपाल सरकारको प्रशासनले जनतालाई रक्षा गर्नु भन्द पनि पिडा दिन आईरहेको छ भने विषयले हामीलाई चिन्तित बनाईरहेको राम किसुन महराले बताउनु भयो ।

गुठी जग्गा नेपाल सरकारको मातहतमा हन्छ । तर पनि गुठी जग्गा संचालकले प्रशासन तथा जग्गा माफिएको आडमा स्थानीय सरकारलाई कुनै जानकारी नदिई दलित वस्ती तोडफेड गनु निन्दनिय छ । यो जग्गामा माफियाको सपना पुरा हुदैन् । फर्जि रुपमा जग्गा गुठीको नाममा गरिएको छ । आलानामा बसेको दलितहरुलाई कुनै पनि पिडा आउँन दिदैनौ । जब सम्म जग्गाका काजजात हामीलाई नदेखाएर र दलित परिवारले कहिले देखि कसरी बसोबास गरीरहेका कुरा नबुझे सम्म कसैले दलित परिवार माथि नजर लागए राम्रो नहुने सिरहा नपा वडा नं. ६ को वाडाअध्यक्ष इन्द्रजिनत कुमार गोडियाँले बताउनु भयो ।

 पटक–पटक दलित परिवारलाई पिडा दिने कार्य अभिलम्ब बन्द गर्नु पर्ने सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो । यस समस्यालाई सामाधान गर्न गुठी संचालकले स्पष्ट कागजातका रुपमा नगरपालिकासँग समन्वय गरी पिडित परिवारलाई हुन सक्ने समस्यालाई ध्यानमा राखी कुनै निर्णय लिनु सट्टा जवजस्ती खालि गराई नगरवासीलाई समस्या दिन पाईदैन् ।

यस्ता कार्यमा नेपाल सरकारको प्रशासनलाई पनि लाग्नु हुदैन् यालबले बताउनु भयो । नेपाल सरकारको प्रशासनले पिडितहरुका व्यवस्थापन गर्ने भनी प्रतिवद्धता गरी २०७५ सालमा पनि दलित वस्ती तोडफोड नगर्ने गरी पछाडी हटेको थियो ।

तर फेरी एकासी बस्तीमा कसरी यस्तो सूचना गरीयो भने कुरा कसैलाई थाहा छैन् । यसरी प्रशासनले पिडितलाई थप पिडा दिने मनसायले वर्षा तथा विपद्को महिनामा पिडितहरुलाई त्रसित बनाई बस्ती उठिबास गराउन खोज्नु बिडम्बन हो ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब