गोलबजारमा बस पल्टिदा ३० जना घाइते

  • कार्तिक ३, २०७९ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३ कात्तिक। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना. ७ ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्करदिंदा बसमा सवार ३० जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिए।

दुर्घटनामा परि घाइते हुनेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ। गम्भिर घाइते तीन जनालाई थप उपचारकोलागि विराटनगर पठाइएको प्रहरीले जानकारी दिए।

दुर्घटनामा परी झापाको बिर्तामोड का ६० वर्षिया प्रेम कुमार खडका, धादिंगका ५७ वर्षिय श्याम कुमारी, गणेश शर्मा, स्वेता श्रेष्ठ, रंजित थापा मगर, शिब बहादुर थापा लगायत ३० जनाघाइते भएका छन्।

योगदान राष्ट्रका लागि नामक संस्थाको हेटौडामा भएको साधारणसभा सकेर फर्कने क्रममा दुर्घटना भएको संस्थाका मोरङ्ग जिल्ला अध्यक्ष संजय ढकालले जानकारी दिए।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब