विवाह पञ्चमीको मटकोर सम्पन्न

  • मंसिर ११, २०७९ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम : जनकपुरधाममा जारी विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ।

जनकपुरधामको जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्याण्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ। यसैलाई मटकोर विधि भनिन्छ।

गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुनका लागि जानकी मन्दिरबाट साधु सन्त, महन्त, योगी, संन्यासी, भिक्षु‚ भिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजन सहभागी थिए।

मटकोर विधिमा आज आइतबार दिउँसै सेभ हिस्टोरिकल जनकपुरधामद्वारा गंगा आरति आयोजना गरिएको थियो।

मटकोर विधिमा महिलाले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीत पनि गाएका थिए। मटकोर हेर्न गंगासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजन उपस्थित थिए।

मटकोरमा उत्खनन गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने  विवाहको मण्डपमा बनाइने विवाहको वेदीमा प्रयोग गरिने चलन छ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत भोलि सोमबार दिउँसो स्वयंवर तथा राति जानकी मन्दिर परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतीकात्मक विवाह कार्यक्रम रहेको छ।

सविवाह पञ्चमी अन्तर्गत पर्सि १३ गते रामकलेवा रहेको छ। रामकलेवामा भारतबाट आएका जन्ती तथा सरियातीहरुलाई राखेर प्रसादको रूपमा भोजन गराउने चलन रहेको र सोही दिन जन्तीलाई बिदाइ गर्ने चलन छ।

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदाजनकपुरधामका विद्यालय तीन दिन बन्द 
विवाहपञ्चमीका अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीको अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा रहेको जानकारी दिएका छन्।

सप्ताहव्यापी रूपमा जनकपुरमा धुमधामसित मनाइने विवाह पञ्चमीको भोलि सोमबार मुख्य दिन रहेकाले प्रदेश सरकारले विगत वर्ष जस्तै बिदा दिएको हो।

त्यसैगरी जनकपुरधामका निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिन बिदा दिइएको छ।  विवाह पञ्चमीमा आउने तीर्थयात्रीको वास तथा भीड व्यवस्थापनलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो।

खास गरेर नेपाल तथा भारतका विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ।

विवाह पञ्चमीलाई दृष्टिगत गरेर रेल सेवा विस्तारबस अभावले यात्री मारमा
तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीनपटक सञ्चालनमा ल्याइएको छ।

विवाह पञ्चमीको एक दिनअघि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीनपटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बताए।

कम्पनीले मङ्सिर ११, १२ र १३ गते गरेर भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेशनबाट कुर्थासम्म बिहान साढे ८ बजे, दिउसो साढे १२ बजे तथा साढे तीन बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ। 

त्यसैगरी जनकपुरधामबाट बिहान १०:४५ बजे, १:४० बजे र ५:१५ बजे जयनगरका लागि छुट्ने प्रबन्ध सञ्चालक झाले बताए।

जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेका छन्।

रेल सेवाले भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाम आउन निकै सहयोग मिलेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए।

तर महोत्तरी जिल्लाको भिठ्ठामोड नाकाबाट भारतीय सवारीसाधनबाट आएका तीर्थयात्रीका लागि पर्याप्त मात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्री कष्टपूर्ण यात्रा गर्न विवश भएको साहले बताए।

विहार राज्यका मुजफ्फरपुर निवासी मोहन यादवले गुनासो पोख्दै भने थोरै बस सेवा सञ्चालन भएकाले यात्रीले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको गुनासो तीर्थयात्रीले गरे।

कतिपय यात्री भिठ्ठामोडबाट जनकपुरधामका लागि पैदल गएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ निवासी रामानन्द साहले बताए। 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब