लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित

  • पुस २१, २०७९ | ३६२ पटक पढिएको | सीमा संदेश
alt

चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् ।

नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ।

दुई घण्टाभन्दा बढी घाम  नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

मध्य तराईमा न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्ममा झरेको छ । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका ठाउँमा अहिले लागेको हुस्सु केही घण्टापछि हट्दै जाने र घाम लाग्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । तर, तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ।

काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो हिजोकोभन्दा एक डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब