घुर्मी खोलामा दिनभरि जेसिबी लगाएर बालुवा उतखन्न हुदा पनि प्रहरी प्रशासन मौन

  • पुस २३, २०७९ | १,०१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,२३ पुस_सिरहाको घुर्मी खोलामा दिनभरि जेसिबी टिपर ट्याक्टर लगाएर बालुवा,गिट्टी,माटो उतखन्न हुदा पनि प्रहरी प्रशासन र सम्बन्धित निकायहरु मौन बसेका छन।

मिर्चैया नगरपालिका वडा-९ स्थित रहेको घुर्मी खोलामा जेसिबी ,क्रेन लगाएर बालुवा,गिट्टी ,माटो उत्खनन गर्दै गरेको बेला केहि स्थानियहरुले बिरोध समेत गरेका थिए । त्यस बाबजुद पनि बालुवा उतखन्न रोकिएन। स्थानीयहरुले करिब दुइ घण्टा समेत उतखननमा अबरुद्ध गर्दा पनि खोलामा प्रहरी नपुगेको स्थानियहरुको गुनासो छ।

केहि दिन अघि इलाका प्रहरी कार्यालय मिर्चैयाले अबैध रुपमा उत्खनन गर्दै गरेको बेला जेसिबी लगायत जम्मा ११ ओट गाडी समातेर ल्याएको गाडीहरु मध्ये जेसिबीको पचिस हजार (२५०००/-)राजस्व काटेको थियो ,भने टिपरहरु बाटोमा समातेको हुनाले त्यतिकै छोडिएको मिर्चैया नगरपालिकाका राजस्व शाखाका प्रमुख जित कुमार साहले जानकारी दिए।

शाखा प्रमुख साहले भने ,अब अर्को चोटी अबैध रुपमा उतखनन गर्दै बेला खोलामा गाडीहरु पायो भने राजस्व समेत जरिवाना गर्ने सहमतिमा गाडी नगरपालिकाले छोडेको बताए।हामीले माटो ,बालुवा,गिट्टी हातले उत्खनन गर्ने सहमति दिएको जनाए। तिरुपति कन्ट्रक्सन धन्गदिमाइ नपा-७ का प्रो-राजेन्द्र यादबको नाममा खोला ठेका रहेको जनाए।

केहि दिन अघि खोलामा बालुवा ,गिट्टी ,माटो जेसिबी ,टिपर ट्याक्टर लगाएर उतखनन गर्दा इलाका प्रहरी कार्यालय मिर्चैयाले ८ वटा टिपर ,१ ट्याक्टर ,२ ओटा जेसिबी लगायत जम्मा ११ ओटा गाडीलाइ नियन्त्रणमा लिएको थियो। त्यसमा ८ टिपर र एउटा जेसिबीलाइ राजस्व काटेर छोडेका थिए भने अहिले पनि जेसिबी र ट्याक्टर नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब