७५ वर्षीय जानकीलाल मायाजालमा फस्दा सबै सम्पत्ति चैट

  • फागुन २६, २०७९ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

लमही नगरपालिका-९ अमिलियाका ७५ वर्षीय जानकीलाल बस्नेतले मायाजालमा फसेर १२ कट्ठाभन्दा बढी जग्गा गुमाएका छन्।

उनका अनुसार तुलसीपुर ५ बस्ने करिब ३८ वर्षीया कमला थापासँग माया बसेको थियो। गत जेठ अन्तिमदेखि उनीसँग शुरुमा फोनमा कुराकानी भएको र त्यसपछि मायाजालमा परेर सबै सम्पत्ति उनको नाममा पास गरिदिएको उनले बताए।

उनले भने‚ ‘म ७५ वर्षको भएँ। मलाई जीवनको सहारा चाहिएका वेला कमलाले मायाको नाटक गरेर जीवनमा साथ दिने भनेपछि उनको नाममा मलाई पाल्न र खानका लागि जग्गा पास गरिदिएँ तर त्यो जग्गा किनबेचको थैली राखेर उनले पास गरेको मैले थाहा पाएँ। त्यसपछि उनले मसँग मायाको नाटक गरेर मलाई ठगेको भन्ने मेरो मनमा लागेको थियो।’

उनले २०७९ कात्तिक २८ गते कमलाको नाममा १२ कट्ठा १५ धुर जग्गा पास गरिदिएको भन्दै त्यस दिनदेखि उनी आफ्नो सम्पर्कमा नआएको समेत बताए।

उनले भने, ‘आफूलाई बाँचुन्जेलको सहारा आवश्यक थियो। त्यसैले गर्दा उनको नाममा आफ्नो सबै सम्पत्ति पास गरिदिएँ। उनले मलाई यसरी धोका देलिन् भन्ने लागेको थिएन। उनले कुरा हुँदा पनि मलाई बाँचुन्जेल साथ दिन्छु भने विश्वास दिइन्। मैले पनि होला भनेर जग्गा पास गरिदिएँ तर अहिले उठिवास लगाइन्।’

यस्तै उनले आफूले पास गरिदिएको जग्गा बाबा फर्ममा धितोमा राखेर १६-१७ लाख ऋण लिएको भन्ने कुराको जानकारी पाएको समेत बताए। उनले भने, ‘जग्गा पास गरेपछि उनी मेरो सम्पर्कमा आइनन्। त्यसपछि मैले आफू ठगिएको भनेर प्रहरीमा उजुरी दिएको छु। उनलाई प्रहरीले पक्राउ पनि गरेको छ।’

उनका अनुसार कमलासँग गीता सुनारले भेट गराएकी थिइन्। उनीसँग चिनजान भएको हुँदा उनको माध्यमबाट आफूले कमलासँग शुरुमा फोनबाट चिनजान गरेको र पछि कुराकानी गर्दै जाँदा भेटघाट भएको पनि बताए।

उनले भने, ‘दैनिक सयौँ मिनेट फोनमा कुराकानी हुन्थ्यो। हप्तामा २-३ पटक भेट हुन्थ्यो। म तपाईँलाई साथ दिन्छु, तपाईँलाई पाल्छु भन्थिन्। भेटमा पनि त्यही कुरा हुन्थ्यो। मलाई उनको धेरै विश्वास लाग्थ्यो।’

यस्तै उनले जग्गा मात्र नभई नगद र सुन समेत दिएको बताए। उनका अनुसार जग्गा पास गर्दा लगायत अन्य समयमा गरेर एक लाखभन्दा बढी नगद र सुनको औंठी समेत दिएका थिए। जग्गा पास गर्दा कमलासँग पैसा नहुँदा आफूले ऋण ल्याएर पैसा दिएको समेत उनको भनाइ छ। करिब १० वर्षअघि श्रीमतीको निधन भएपछि आफूलाई पाल्ने मान्छे आवश्यक भएको हुँदा कमलाको मायाजालमा फसेको पनि बताए।

उनले भने, ‘मेरा छोराछोरी, बुहारी छन् तर म अहिले एक्लै बस्दै आएको छु। मलाई बुढेसकालमा साथ दिने मान्छे आवश्यक थियो। उनले पनि मलाई पाल्छु भन्थिन् तर यसरी ठग्लिन् भन्ने लागेन। अहिले म घर न घाटको भएको छु। अब मेरो बस्ने ठाउँ छैन। भएको सम्पत्ति अर्कैको नाममा गरिदिएँ। छोराछोरीले पनि अब हेर्दैनन्। अब त्यो जग्गा फिर्ता पाइनँ भने म मर्नुको विकल्प छैन।’

यस्तै उनले अहिले आफ्नो जग्गाको मूल्य ​प्रतिकट्ठा करिब ५-७ लाख रुपैयाँ रहेको पनि बताए। पहिलाका श्रीमान्‌सँग डिभोर्सका लागि अदालतमा मुद्दा दिएको र त्यो फैसला भएपछि आफूसँग विवाह गर्ने भनेर आश्वासन दिएर आफूलाई ठगेको पनि उनको आरोप छ।

उनले अब आफूलाई आफ्नो जग्गा चाहिएको पनि बताए। उनले भने, ‘म सोझो मान्छेलाई यसरी जालझेल गरेर फसाई। अहिले पछुतो लागेको छ। मैले म अशक्त हुँदा उपचार गर्नका लागि बचाएको सम्पत्ति सबै दिएको हुँ। अब मलाई कसले हेर्ला र ?’

अब अन्त गएर काम गर्ने अवस्था पनि नभएको र सम्पत्ति नभएपछि आफूलाई कसैले नहेर्ने उनको भनाइ छ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब