मदिराको सूरमा गाउँपालिका उपाध्यक्षमाथि कुटपिट

  • फागुन २६, २०७९ | ४६१ पटक पढिएको | सीमा संदेश
alt

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि मदिराको सूरमा एक व्यक्तिले कुटपिट गरेका छन् ।

सोही गाउँपालिकाको वडा नम्बर ३ का दीपकबहादुर चन्दले शुक्रबार दिउँसो मादक पदार्थ सेवन गरी कार्यकक्षमै आएर कुटपिट गरेको उपाध्यक्ष भट्टले बताएकी छन् ।

पालिकाको कुर्सीमा बसेर काम गरिरहेका बेला लछारपछार गरी फलामको प्लासले आफूलाई कुटपिट गरेको उपाध्यक्षले बताएकी छन् ।

ज्यान मार्ने धम्कीसमेत दिएको भन्दै भट्टले आवश्यक छानबिन गरी कारबाहीका लागि निवेदन दिएकी छन् ।

उपाध्यक्ष भट्टले दिपक चन्दले दिउँसै रक्सीले मातेर आफूमाथि दुर्व्यवहार गरेको बताइन् । ठेकेदारसँगको भुक्तानी दिलाउन माग गर्दै आएको व्यक्तिले उनलाई सघाउन खोज्दा उल्टै आफूमाथि हातपात गरेको उनले नेपाल प्रेसलाई बताइन् । उनले चन्दविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गराउन आफू गएको बताइन् ।

यसैबीच गाउँपालिका अध्यक्ष गोरखवहादुर चन्दले भने आफू घटनास्थलमा नभएको र आपसी विवाद भएको सुनेको बताए । उपाध्यक्षका पति र उक्त व्यक्तिबीच लेनदेनको विवादका कारण सो घटना भएको बताइएको छ । आपसी विवाद भएका कारण प्रहरी कारबाही नबढाएको चन्दले बताए ।

 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब