११ वर्षीय छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक पक्राउ, घटना मिलाउन परिवारलाई दबाब

  • चैत १०, २०७९ | ५२९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । ११ वर्षीया छात्रामाथि बलात्कारको आरोप लागेका धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कूल शिक्षक जितेन्द्र यादव पक्राउ परेका छन् । घटनालगत्तै फरार भएका उनी आज पक्राउ परेका हुन् ।

मंगलबार स्कूल पढ्न गएकी कक्षा २ मा अध्ययनरत स्थानीय छात्रालाई शौचालयमा थुनेर बलात्कार गरेको आरोप यादवमाथि लागेको छ । घटनालगत्तै उनी फरार भएका थिए भने विद्यालयका प्रिन्सीपललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आरोपी यादवमाथि जर्वजस्ती करणी मुद्दा चलाएको छ तर, प्रिन्सीपललाई कारवाही गर्न चाहेको छैन ।
यता, जितेन्द्रका बुवा सिटहु यादवले पीडितकी आमालाई लेनदेन गरी घटना मिलाउन दबाब दिन थालेका छन् । सिटहुले ‘छोरीको पनि इज्जत जान्छ’ भन्दै लेनदेन गरी मिल्न दबाब दिएको पीडित छात्राकी आमाले बताइन् ।

‘सिटहुले मलाई एक्लै बोलाएर तपाई बुझ्ने मान्छे हो, के चाहिन्छ म दिन्छु । तर यो काण्डलाई अगाडी नबढाउनु भन्नुभयो’, पीडित छात्राकी आमाले नेपाल प्रेससँग भनिन्, ‘मैले के गर्नुपर्ने हो मेरो गार्जन (अभिभावक)ले नै गर्नुहुन्छ भनेँ ।’

उनी थप्छिन्, ‘आज मेरो छोरीलाई यस्तो गर्यो, भोली अरुलाई गर्छन् । यो त राम्रो हुँदैन । त्यसैले म सरकारलाई भन्न चाहन्छु, त्यो अपराधीलाई अविलम्ब पक्राउ गरी कारबाही गरोस् ।’

उनले जितेन्द्र (बलात्कार आरोपी शिक्षक) की श्रीमतीले तथानाम गाली गरेको पनि सुनाइन् । ‘तिम्रो छोरीले मेरो श्रीमानलाई फसाउन खोजेकी छन् भनेर मलाई गाली गरिन्,’ उनले भनिन् ।

प्रिन्सीपलले बालिकालाई नै हाने थप्पड

घटनापछि शिक्षकलाई स्कूल सञ्चालक तथा प्रिन्सिपल हरि श्रेष्ठले भगाएको आरोप छ । त्यसपछि उनी स्वयम् पिडितको घर पुगेर बालिकालाई कुटपिट गरेका छन् ।

छात्राकी आमाले भनिन्, ‘घटनापछि छोरी रुँदै घर आएकी थिइन् । लगत्तै हरि सर आउनुभयो र थप्पड हान्दै आइन्दा स्कूल नपठाउनु भन्नुभयो ।’

‘छोरीलाई किन कुट्नुभयो ?’ भनेर सोध्दासमेत केही नबोलेर हिड्नुभयो’, उनले भनिन्, ‘त्यसपछि म चोकमा गएर विनोदलाई सबै कुरा सुनाउँदै थिएँ, प्रहरीले फोन गरेर बोलाउनुभयो । त्यहाँ पुग्दा ठूलो भीडभाड थियो । मलाई जनकपुर गएर छोरीको स्वास्थ्य परीक्षण गराउन भनेपछि गएर गराएँ ।’

पीडित छात्राको बुवा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा छन् । दुई दाजुभाई र आमासँग उनी घरमा बसेकी छन् । प्रिन्सिपलले कुट्दै दिएको धम्कीका कारण उनी दुई दिनदेखि स्कूल पढ्न गइनन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब