च.मा.वि. सिरहाले भुक्तनी रकम नदिइरहेको नेपाल आईरण स्टोरको आरोप सामान उपलब्ध गराए बमोजिको भुक्तानी भईसकेको छ । उल्टै उनी माथि बढी रकम गएको असुल उपर गर्न बाँकी ः प्र.अ. कर्ण

  • चैत २४, २०७९ | ५६९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ चैत । सिरहा सदरमुकाममा नेपालको राजधानी भन्दा बाहिरको पहिलो र नेपालकै दोस्रो विद्यालयको रुपमा रहेको श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहालाई निर्माण सामाग्री उपलब्ध गराएको वापतको रकम भुक्तनी पटक– पटक माग गरेपनि नदिईएको नेपाल आइरण स्टोर एण्ड सप्लार्यस सिरहाले पत्रकार समेलन गरी आरोप लागएको छ । 

मिति २०७४।०३।१५ को दिन प्र.अ. मधुसुदन कर्ण र पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष डा. नवीन कुमार यादबको मौखित सम्झौतमा कारोवार सुरु गरको प्रोपराइटर रोशन कुमार यादबले बताए । बिल नं. ३६१ देखि १७९३ सम्मको बिल भुक्तनीका लागि २०७४।११।०७ मा पेश गरकोमा रु. ३३ लाख ६८ हजार ३८ रुपैयाँ भुक्तानी विभिन्न चरणमा दिइएको छ । तर पुनः दोस्रो चरणको कारोवार मिति २०७५।०४।१० गते बाट मौखित सम्झौतामै सुरु गरियो । मिति २०७९।०१।०५ गते रु.१७ लाख ४ हजार ५८ रुपैयौ ४ पैसाको बिल पेश गरेको छ । तर दोस्रा पटक पेश गरको बिलको भुक्तानी पटक–पटक माग गरेपनि अब कुनै पनि रकम भुक्तानी बाँकी नरहेको भन्दै भुक्तानी नदिईरहेको यादबले आरोप लगाएको छ ।

तर आइरण स्टोरको प्रोपराईटर यादबले लाएको आरोप सम्बन्धी कोरोवारको अधिकारी कागजात बारेमा सोधपुछ गर्दा कारोवार सुरु गरको सम्झौता र आदेश जस्ता कुनै पनि प्रमाण नै नलिई मौखित रुपमै कारोवार गरेको बताए । हाल सम्म उनीसँग पेश्की माग गरको कागजात, बिलको फोटोकापी र रु. १७ लाख ४ हजार ५८ रुपैयाँ ४ पैसाको सामान माग गरेको सिलिप रहेको छ । अरु बाँकी सामान मौखित रुपमै माग गरेपछि उपलब्ध गराएको यादबले बताए ।

 यता नेपाल आइरण स्टोर एण्ड सप्लार्यसको रकम किन भुक्तानी नगरेको भनी प्र.अ. कर्णसँग कुराकानी गर्द उनले भने, विद्यालयसँग भएको कारोवारको हरहिसाब गर्दा पेश्की मार्फ हाल सम्म दिईएको भुक्तानीले नै सम्र्पण तिरी सकिएको देखिन्छ र उनी माथि नै रु. ३ लाख भन्दा बढी रकम गएको देखिन्छ । 

सप्लार्यस्ले विभिन्न मिडिया मार्फ मेरो भुक्तानी बाँकी रहेको आरोप लागाउँदा ध्यान आकर्षण भएको छ । आरोपलाई प्रमाणित गर्न भएका कागजात सहित ७ दिन भित्र विद्यालयमा उपस्थित भई हरहिसाब मिलान गर्न बिहीवार पत्र नै पठाईसकेको कर्णले बताए।

 विद्यालय एउटा सरकारी संस्था हो । विद्यालयको आम्दनी कसैले करचाप गरी लुटन खोजे दिन मिलदैन् । यसका लागि उनीसँग भएको सम्पूर्ण कारोवार प्रमाणित कागजात विद्यालयलाई उपलब्ध गराई बाँकी देखिए भुक्तानी दिन तयार रहेको कर्णको जवाफ थियो । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब