नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी आन्दोलनमा

  • जेठ २९, २०८० | ४३१ पटक पढिएको | सीमा संदेश
alt

तीन दिन अघि सेवाबाट हटाइएका राजविराज नगरपालिकाका दैनिक तथा मासिक ज्यालादारी कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

मासिक एक करोड भन्दा बढी रकम तलबमै खर्च हुन थालेपछि नगरपालिकाले शुक्रबारदेखि लागु हुने गरी एकैसाथ ६९ कर्मचारीलाई हटाएको थियो । आइतबार कार्यालय खुल्नासाथ नाराबाजी गर्दै सेवाबाट हटाइएका कर्मचारीहरु कार्यालय प्रवेशद्वार नजिकै धर्ना बसेका थिए । उनीहरुले आफूहरुसँग कुनै छलफल र जानकारीसमेत नदिइ एक्कासी सेवाबाट हटाइएको सूचना जारी गरेर नगरपालिकाको व्यवस्थापन पक्षले अन्याय गरेको बताएका छन् । धर्नामा बसेकी अर्निका कुमारी यादवले पुनःनियुक्ति नगरेसम्म धर्ना जारी रहने बताइन् । उनी विगत ८ वर्षदेखि नगरपालिकाको सामाजिक शाखामा मासिक ज्यालादारीमा कार्यालय सहायक पदमा काम गर्दै आएकी थिइन् । सेवाबाट हटाइएका मध्ये २० वर्षदेखि मासिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीसमेत परेको धर्नामा बसेका अर्का पूर्वकर्मचारी लव मण्डलले सुनाए । उनी ६ वर्षदेखि नगरपालिकाको बिजुली सडकबती फाँटमा कार्यरत थिए ।

२० वर्षदेखि मासिक ज्यालादारीमै काम गर्दै आएका सत्रुधन यादवले एक्कासी सेवाबाट हटाउँदा बिचल्लीमा परेको गुनासो पोखे । “अब अर्को ठाउँमा जागिर गर्ने उमेर पनि रहेन, उनले भने, नगरपालिकाको पछिल्लो निर्णयले घर न घाटको बनाएको छ ।” उनले पुनः नियुक्ति नगरिए आन्दोलनको थप सशक्त कार्यक्रम लिएर अघि बढ्ने तयारी भइरहेको जानकारीसमेत दिए । यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समिति राजविराजले प्रेस विज्ञप्तिमार्फत कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । समितिका अध्यक्ष कल्पना देवद्वारा जारी विज्ञप्तिमा नगरपालिकाको सो निर्णयको घोर भत्र्सना गर्दै नगरपालिकाबाट सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न तथा लामो समयदेखि काम गरेका कर्मचारीको जीवनयापनको खयाल गरी अविलम्ब सेवाबाट हटाइएका कर्मचारीहरुको पुनःनियुक्ति हुनुपर्ने माग गरिएको छ ।

यस्तै, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव तथा निवर्तमान वडा नं. ६ का अध्यक्ष प्रेम कुमार यादवले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नगरपालिकाद्वारा सेवाबाट हटाइएका कर्मचारीहरुलाई अविलम्ब बहाली गर्नुपर्ने माग गरेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब