बेरोजगार जनशक्तिलाई सीपयुक्त बनाउछु : अर्नमा गा.पा. अध्यक्ष यादब

  • असार १८, २०८० | ३२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ असार । अर्नमा गाउँपालिका भित्र रहेका बेरोजगार जनशक्तिलाई प्रविधिसँग जोडी विभिन्न तालिम दिई सीपयुक्त जनशक्ति तयार गर्ने योजना बनाईरहेको पालिका अध्यक्ष अशोक कुमार यादबले बतउनु भयो ।

अर्नमा गाउँपालिकाको सहयोग र सङोर नेपाल नवराजपुर–३, सिरहाको आयोजनामा संचालित व्यूटी पार्लर सम्बन्धि सीप विकास तालिम कार्यक्रमको समापन्मा सीपयुक्त जनशक्ति तयार गर्न पनि पालिका योजना बनाईरहेको बताए ।

शिक्षा क्षेत्रमा पहुँच पुग्न नसकेका र उच्च शिक्षा हासिल गरी बेरोजगार बसिरहेका जनशक्तिलाई सीप युक्त बनाउन पालिकामा विभिन्न तालिम कार्यक्रमको योजना बनाई तालिम केन्द्रकै रुपमा विकास गरी कार्यक्रम संचालन गर्ने योजना रहेको यादबले बताए ।

सङोर नेपालको तालिममो सहभागि भएका प्रशिक्षार्थीहरुका हौसला देखेर अध्यक्ष यादबले आबको दिनमा अर्नमा पालिकालाई आर्थिक समृद्धिका लागि यस्तै संघ संस्थाहरुसँग समन्वय गरी तालिम केन्द्रकै रुपमा वर्ष भरी वडाबाट फारम भरी आवश्यक तालिम लिन चाहनेलाई तालिममा सहभागी गराई तालिम संचालन गर्ने योजना यसै वर्षबाट तयार गरिने यादबले प्रतिवद्धता पनि गरे । 

प्रविधिक तालिमहरुलाई लेभलकै मान्यता आधारमा व्यवस्थापन गरी तालिम संचालन गरी सम्मको योजना बनाउने वडा नं ३ को वडाअध्यक्ष महेश यादबले बताए ।

व्यूटी पार्लर तालिमको माग पालिकमा धेरै रहेको छ । यस तालिमलाई थप प्रभावकारी बनाई अझ इच्छुक महिलालाई तालिममा सहभागी गराई तालिम संचालने यसै आ.व.मा गरीने व्यवस्था मिलाउने गाउँपालिका उपाध्यक्ष शोभा कुमारी साहले प्रतिवद्धता गरिन् । लेभल वन लिई सकेका सहभागिलाई पनि लेभल टु को तालिम पनि संचालन हुने साहले बताइन् ।

लेभल टु मा वन लेभल तालिम लिई व्यवसायि संचालन गरेकी र पार्लर सम्बन्धि कार्य गर्नेलाई मात्र सहभागी गराउने बताइन् । व्यूटी पार्लर तालिमले रोजगारको खोजी गरिरहेकी महिलाका लागि राम्रो रोजगारी हुने र तालिम लिई आय आर्जन गर्न सकिने उदाहरण धेरै रहेकोले आजै बाटै सानो पूँजी लगानी गरी कार्य सुरु गर्न हुन तालिम सहभागिलाई उपाध्यक्ष साहले उत्प्रेरित पनि गर्नु भयो।

तालिम कार्यक्रम १५ जान महिलाका सहभागिता रहेका थिए । पहिलो लेभलको तालिम लिएका तालिम सहभागी महिलाहरु व्यूटी पार्लर व्यवसायि प्रति उत्साहित भई आजैबाटै घर तथा चौकमा पसल थापी कार्य सुरु गर्ने सहभागिहरुका भनाई रहेका थिए ।

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब