सिरहा, २७ असार । कृषि प्रर्वद्यनमा सहयोगका लागि कृषि ज्ञान केन्द्र सिरहाले १ सय १३ किसनलाई कृषि यन्त्र उपकरण वितरण गरको छ ।
चालू आ.व.को स्वीकृत कार्यक्रम अन्तर्गत सिरहाका १ सय २९ किसनाका निवेदनबाट विभिन्न कागजातका आधारमा छनौट गरी ५८ जनालाई पावर टिलर, ११ जनालाई मिनि टिलर, २ जनालाई सेल्फप्रोपर रिपर, १२ जनालाई धान थे्रसर, १५ जनालाई गहुँ थे्रसर र १४ जनालाई रोटाभेटर गरी ११३ जना किसानलाई यन्त्र उपकरण उपलब्ध गराएको कृषि ज्ञान केन्द्र सिरहाको प्रमुख नरेन्द्र कुमार महासेठले बताए ।

यन्त्र उपकारण हस्तान्तरण गर्दै सिरहाका प्रमुख जिल्ला अधिकार राजेन्द्र पाण्डेले किसनालाई धन्यवाद दिदै भने, कृषि यन्त्र उपकरणलाई सही सदउपयोग गरी कृषि उत्पादन बढाउनु होला । आफ्ना नजिकका किसना दाजुभाईलाई पनि सहयोग गर्नु होला । विगतमा यस्ता उपकारणको धेरै दुरउपयोग भएकोले तपाईहरुले सदउपयोग गर्नु होला ।
कार्यक्रम कायन्वयनसँगै कृषि ज्ञान के्न्द्रले पुनः उपकारणलाई कति सदरउपयो गर्नु भएको छ भने कुरा पनि अनुगमन गर्ने छ । त्यसैले सही सदरउपयोग गर्नु होला महासेठले किसानलाई अनुरोध गरे ।
कार्यक्रममा प्रदेश लेखा इकाई लहान सिरहाको प्रमुख प्रमानन्द कुमार मंडल लगायत कृषि ज्ञान केन्द्र सिरहाका कर्मचारी र किसानका उपस्थिति रहेका थिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved