देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम

  • असार २९, २०८० | ३७४ पटक पढिएको | सीमा संदेश
alt

असार सकिन केही दिन मात्र बाँकी हुँदा देशभर ५३ प्रतिशत मात्र  धान रोपाइँ  सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको भन्दा १२ प्रतिशत कम धान रोपाइँ भएको हो । 

अघिल्लो वर्ष सोही समयमा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । १३ लाख ५७ हजार हेक्टरमध्ये हालसम्म सात लाख १८ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । 

अन्नको भण्डार मानिएको मधेस प्रदेश (तराई भूभाग)मा सबैभन्दा कम २८ प्रतिशत मात्र रोपाइँ भएको छ । मधेस प्रदेशमा तीन लाख ५४ हजार हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हाल करिब एक लाख हेक्टर मात्र जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो । 

यस वर्ष मधेस प्रदेशमा ढिलो गरी मनसुन भित्रिँदा कम रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनले भने, ‘रोपाइँ जारी छ, साउनको १५–२० गतेसम्म रोपाइँ हुने हुँदा करिब ९० प्रतिशतसम्म रोपाइँ सम्पन्न हुने अपेक्षा  छ ।’

कर्णाली प्रदेशमा ७० प्रतिशत, गण्डकी प्रदेशमा ४७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  अघिल्लो वर्ष यी प्रदेशमा ७५ देखि ६५ प्रतिशतसम्म रोपाइँ भइसकेको थियो । यस वर्ष मौसम पूर्वानुमान महाशाखाले पानी कम पर्ने अनुमान गरेको छ । जसले गर्दा खाद्यसंकटको सामना गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

मल अभावकै बीच रोपाइँ
किसानहरूले ५३ प्रतिशत धान रोपाइँ गर्दा मलको अभाव अहिले पनि कायमै छ । किसानहरूको संगठन किसान सञ्जालका संयोजक गणेशप्रसाद तिमल्सिनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै  किसान विनामल धान रोप्न बाध्य भएको बताए । ‘अहिले पनि किसान विनामल धान रोप्न बाध्य भए । सहकारीको डिपोमा मल छैन, किसानले पाउन सकेका छैनन्,’ उनले भने । 

कृषि मन्त्रालयका अनुसार हालसम्म ६६ हजार पाँच सय ८३ मेट्रिकटन  रासायनिक मल मौज्दात रहेको छ । जसमध्ये  साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३२ हजार मेट्रिकटन रहेको छ भने कृषि सामग्री कम्पनीसँग ३३ हजार ७८ सय ४५ मेट्रिकटन मल मौज्दात छ ।

dhan-data.jpg'_'.2023-07-14

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब