अवैध संरचना हटाउने अभियान सुरु

  • साउन १७, २०८० | ४२४ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा अवैध संरचना हटाउने अभियान मंगलबारदेखि सुरु गरिएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने नगरपालिकाको अभियान अन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरिएको मेयर सुखदेव यादवले बताए । उनले नगरवासीले फुटपाथ हटाउने अभियानलाई साथ र सहयोग गरेर व्यवस्थित शहर बनाउने अभियानमा प्रेरणा थप्ने विश्वास व्यक्त गरे। नगरपालिकाले १५ दिने सूचना जारी गरेकोमा व्यापारीले अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाउन थालिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक/पटक माइकिङ गर्दा पनि व्यापारीले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको नगरपालिकाको दाबी छ। अभियान अन्तर्गत छ लेन सडकको फुटपाथमा पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ । अभियानलाई हरेक दिन सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब