प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रममा विवाद

  • भदौ १, २०८० | ३७० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा उनको परिवारले आपत्ति जनाएको छ ।

प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो । २ भदौमा सुरु हुने यात्राका क्रममा वीरगञ्जको तिलवा नदीका साथै भारतको गंगा नदीमा गिरिको अस्तु बिसर्जन गर्ने कार्यक्रम समेत समावेश छ ।

गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति विना अस्तु विसर्जन कार्यक्रम राखेको बताएका छन् ।

परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले विना स्वीकृति गर्ने यस्तो कार्य स्वीकार्य नभएको भन्दै उनीहरुले विज्ञप्ति भनेका छन्, ‘यस्तो अशोभनीय क्रियाकलापले हामीलाई मर्माहत बनाएको छ ।’

लिखित र मौखित रुपमा अस्तु विर्सजन नगर्न अनुरोध गर्दा पनि समितिका कञ्चन झा, रामपल्टन साह लगायतले नसुनेको र अस्तुको राजनीति गरिरहेको परिवारको आरोप छ । यही बहानामा चन्दा उठाउने काम समेत भएको भन्दै उनीहरुले भनेका छन्, ‘त्यो अस्तु उनीहरुले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? त्यो अस्तु नै स्व. प्रदीप गिरिको हो कि होइन भन्नेमा ठूलो प्रश्नचिन्ह उठेको छ । किनभने उहाँको अस्तु हामीसँग नै सुरक्षित छ ।’

उनीहरले गिरिको आत्माको चिर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब