अधिकांश मासु पसल मापदण्ड विपरीत

  • असोज १०, २०८० | २८७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा मंगलबारदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेशन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको छ । केन्द्रका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता बिना सञ्चालनमा रहेको पाइएको बताए ।

उनले मासु जाँच सम्बन्धी ऐन नियमानुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको बताए । “धनुषाको मासु बजारका समस्याका अनुगमन गरेका हौँ”, उनले भने, “जसमा अधिकांश व्यवासायीले न्यूनतम मापदण्ड पनि पालना नगरेको पायौँ, केहीलाई नियन्त्रणमा लिएका छौँ भने केहीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ ।” अनुगमनका क्रममा करिब ३० केजी दूषित मासु नष्ट गरिएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनुषामा कार्यरत डा. राकेश मोहन सिंहले नियन्त्रणमा लिइएका मासु परीक्षणका लागि नमूना प्रयोगशालामा पठाइएको बताए । घरेलु तथा साना उद्योग कार्यालय धनुषाका सूचना अधिकारी मनोजकुमार कर्णले अनुगमन गरिएका पसलमध्ये अधिकांश दर्ता बिना सञ्चालन भइरहेको पाइएको बताए । उनले जिउँदो कुखुरा बेच्ने अनुमति लिए पनि मासु काटेर बेच्ने गरेको, मासु र अण्डा एकै ठाउँमा राखेर बिक्री गरिरहेको पाइएपछि दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिएको बताए ।

पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. ठाकुरले पहिलो चरणमा जनकपुरधाम बजार क्षेत्रमा र त्यसपछि अन्य स्थानमा अनुगमन गरिने बताए । अनुगमनमा मासु पसल, भेटेरेनरी र डेरीको अनुगमन गरिने उनको भनाइ छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषासहित सरोकारवालाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

त्यस्तै मधेश प्रदेशका सप्तरीको राजविराज, सिरहाको सिरहा र लहान, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, रौतहटको गौर, कलैया र वीरगञ्ज लगायतका स्थानमा पनि अस्वस्थ्यकर मासु खान सर्वसाधारण बाध्य छन् । चाडबाडको बेला सरकारी निकायले अनुगमन गरेपछि उनीहरु सतर्क हुने र वर्षभरि आफूखुशी मासु बेच्नेहरु सरकारी कर्मचारीको गैर जिम्मेवारीको नतिजा रहेको स्थानीयहरु बताउँछन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब