भोजपुरमा ७ वर्षिया बालिकाको बलात्कारपछि हत्या, गुफामा भेटियो शव

  • कार्तिक ४, २०८० | ५८७ पटक पढिएको | सीमा संदेश
alt

भोजपुर । भोजपुरमा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । आज (शनिबार) बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला भेटिएको हो ।

बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए ।

उक्त खबर पाएपछि प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो । शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थालेको थियो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा अन्तिम पटक दिपचन्द्रसँग नाबालिकाको भेट भएको खुलेको थियो । दिपचन्द्र नाबालिकाका छिमेकीसमेत हुन् । मृतक परिवारले पनि उनीमाथि शंका गरेको थिएन ।

सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए । तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो । घटना स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो । त्यसक्रममा प्रहरी शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो, जहाँ नाबालिकाको शव फेला परेको हो ।

नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । उक्त घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित घोपा अस्पतालमा पठाएको स्रोतले जनाएको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब