झिझिया नाच हेर्न आएकी एक बालिका माथि समुहिक अभद्र ब्यबहार

  • कार्तिक ५, २०८० | ५१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०५ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारिमा एक बालिकामाथि गए राति सामूहिक रूपमा अभद्र ब्यबहार गरिएको छ । स्थानिय रामपुर दुर्गा मन्दिर परिसरमा आयोजित झिझिया कार्यक्रममा सहभागी भएर आफ्ना साथीहरुसंग घर फर्किने क्रममा बालिका माथि युवाहरुको समुहले उक्त ठाउँमा रहेको कलभर्टमा लगेर अभद्र ब्यबहार गरिएको बताइएको छ ।

घर फर्किने क्रममा १७ वर्षीय बालिकाले आफूलाई पिसाब लागेको भन्दै आफूसँग रहेको साथीलाई पर्खिन लगाएर पिसाब गर्न लाग्दा युवाहरुले उनलाई उक्त ठाउँबाट नियन्त्रणमा लिएर हातले मुख थुनेर अभद्र ब्यबहार गर्न लाग्दा आफ्नो कुहिनाले धकेलेर मुख खोल्न सफल बालिकाको मुखबाट रोएको आवाज सुनेपछि बाटोमा उनलाई पर्खेर बसेका साथीले रोई कराई गर्दा स्थानिय जम्मा भएपछि उनलाई नियन्त्रणमा लिएका युवाहरु फरार भएका थिए ।

आफूलाई नियन्त्रणमा लिएको मध्ये दुई जनालाई आफूले चिनेको बताउने बालिकाको खुट्टामा चोट लागेको अवस्था रहेको देखिएको छ । घटनाको बारेमा जानकारी दिँदै पिडीतले ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा मोबाईल सम्पर्ग गरेपनि प्रहरी तत्काल घटनास्थलमा पुग्न नसकेको पीडितको आरोप छ ।

यता ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारिले आफूले त्यहाँका वाडा अध्यक्षलाई फोन सम्पर्क गर्दा वाडा अध्यक्षले आफूलाई घटनाको बारेमा केही थाहा नभएको बताए पछि उक्त ठाउँमा प्रहरी ढिलो पुगेको प्रहरीले जनाएको छ । हिजो  बिहान पीडितहरु ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुगेर ठाडो निवेदन दिएपछि घटनामा संलग्न भनिएको सञ्जय कुमार रामलाई दिनको १२ बजेर १५ मिनेटको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू फरार रहेको अवस्था रहेको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब