इन्जिनियर पत्नी झाँक्रीद्वारा बलात्कृत, धामी पक्राउ

  • कार्तिक १५, २०८० | ४९४ पटक पढिएको | सीमा संदेश
alt

धनुषामा एउटा इन्जिनियरका पत्नीलाई बलात्कार गरेको आरोपमा एक झाँक्री (धामी) पक्राउ परेका छन् ।

झारफूक तथा भूत भगाउने निहुँमा ती महिलालाई धामीले बलात्कार गरेको आरोप छ । दशैंमा अष्टमी तिथिका दिन धनुषाको औरही नगरपालिका – १ पौडेश्वरका एक इन्जिनियरकी पत्नीलाई झारफुकको नाममा बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका वडा नं. ११ अमरखन्नाका धामी विष्णु भन्ने विष्णुदेव ठाकुर पक्राउ परेका छन् ।

पत्नीलाई भूत प्रेतको साया भएको भन्दै इन्जिनियरले आफ्नो पत्नीलाई झारफुक र तन्त्र विद्या मार्फत ठिक गराउन धामी ठाकुर कहाँ लगेका थिए । ठाकुरले बताए अनुसार विधि विधान गरी कालरात्रिको दिन उनलाई उनकै गाउँको श्मसान घाटमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । झाँक्रीलाई ईलाका प्रहरी कार्यालय सबैलामा उजुरीको आधारमा पक्राउ गरिएको छ । इन्जिनियर दम्पतिले धामी ठाकुरमाथि बलात्कारको आरोप लगाउँदै उजुरी गरेपछि अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई पक्राउ गरी महिलालाई मेडिकल चेकअप गरिएको जसमा बलात्कार भएको ट्रेस भेटिएको जनाएको छ । घटनाको एक सातापछि मात्र इन्जिनियर दम्पतिले धामीमाथि उजुरी हालेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

इन्जिनियरले दिएको बयानमा पत्नीलाई भूतप्रेत लागेको भन्दै छुटाउनको लागि धामी विष्णुदेव ठाकुरसँग सम्पर्क गरे । सम्पर्कपछि उनले बताएको विधि विधान अनुसार कालरात्रि अर्थात अष्टमी तिथिको दिन (कार्तिक ५ गते) राति पौडेश्वर गाउँभन्दा बाहिर रहेको श्मसान घाटमा लगियो भनिएको छ । महिलाको श्रीमान इन्जिनियर पनि सँगै गएका थिए ।

तीनै जना सँगै श्मसान घाट जाँदा धामीले इन्जिनियरलाई बाहिरै बस्न भनेर महिलालाई भित्र लगेका थिए । केही बेरपछि इन्जिनियरलाई बोलाउँदा महिला बेहोस र नग्न अवस्थामा देखिएको बयान रेकर्ड गरिएको छ । इन्जिनियर र धामी दुबै जनाले महिलालाई उठाएर घर ल्याएको प्रहरीको बयानमा भनिएको छ ।

जनकपुरधाममा पनि एउटा यस्तै घटना भए पनि त्यसलाई स्थानीय स्तरमै मिलापत्र गर्ने तयारी गरिएको छ । झारफूककै बहानामा यहाँ पनि एक महिलालाई धामीले बलात्कार गरेको छ तर त्यसलाई मिलाउन लागिएको छ । दशैंदेखि कात्तिक पूर्णिमासम्म तराई मधेश क्षेत्रमा धामी झाँक्री तथा बोक्सी लगायतका घटनाहरु बढ्ने गरेका छन् ।

दशैंमा बोक्सी सिक्नेहरु सिद्धि प्राप्त गर्नका लागि धामी झाँक्रीको सहायता लिने गरेका छन् । यी सबै अन्धविश्वास रहे पनि यस्ता घटना प्रत्येक वर्ष हुने गरेको छ । तर अधिकांश मुद्दालाई स्थानीय स्तरमै मिलापत्र गरी मेलमिलाप गरिने गरेको छ भने एक आध मात्रै प्रहरी समक्ष पुग्ने गरेको छ । दशैंमा सिद्धि प्राप्त गरी कात्तिक पूर्णिमामा कमला वा गंगा स्नान गरेपछि सिद्धि बलियो हुने उनीहरुको विश्वास छ । बोक्सी सिक्ने अधिकांशले सुरुमा धामीकै सहारा लिने गरेकी हुन्छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब