सामाजिक असन्तुष्टिका विच आमाको शव ललिता दिदीवहिनिले घाटसम्म पुर्याए

  • कार्तिक २६, २०८० | ५५१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ कात्तिक। शनिबार बिहान सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा आमा फुलेश्वरी देवी दासको निधन हुँदा ललिता दास (तत्मा) सँगै थिइन्।

सिराहाकै अर्नमा गाउँपालिका ५ कृष्णपुरकी ६७ वर्षीया फुलेश्वरीको शव अस्पतालबाट झण्डै तीन किलोमिटर टाढा रहेको कमला नदीस्थित बडेर्वाघाट पुर्‍याउने तयारी सुरु भयो। मलामी जान आफन्त, इस्टमित्र जम्मा हुन थाले।

मधेश प्रदेशसभाकी सदस्यसमेत रहेकी जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य ललिताले आफ्ना दुई दाजुभाइै (सूर्यनाथ र देवनाथ) सँगै आमाको शव काँध थाप्ने र सँगै घाटसम्म पुग्ने बिचार गरिन्। दुई दाजुभाइ र तीनजना दिदी बहिनीलाई उनले यो कुरा सुनाइन्।

दाजुभाइ र दिदी बहिनीले उनको प्रस्ताव स्वीकार गरे। तर, गाउँका कतिपय पाका मान्छेले भने ‘छोरीले घाट जान नहुने र आमा–बुवाको शव पनि छोरीले बोक्न हुँदैन’ भन्न थाले। छोरा र पुरुष मान्छेले मात्रै शव बोकेर घाट पुर्‍याउनुपर्ने पहिलादेखि चलिआएको प्रचलन सम्झाए।

त्यस्ता मान्छेलाई ललिताले सम्झाइ बुझाइ गरिन्।

जब ललितासँगै उनकी जेठी दिदी सुनिता, माइली दिदी रीता र कान्छी बहिनी सविता दास आमाको शव काँध थापेर घाटतर्फ अघि बढे, मधेशमा छोरीले शव बोकेको नदेखेका धेरैले मुखामुख गरे, अचम्म माने।

यतिबेला सिरहाको अर्नमा क्षेत्रमा प्रदेश सांसद ललितासहित उनका दिदी बहिनीले दाजुभाइ सरह आमाको शव बोकेर घाट गएको विषयले निकै चर्चा पाइरहेको छ।

‘मधेशमा, अझ हाम्रो समुदाय ९दलित०मा छोरीले शव बोक्ने, घाट जाने, दाजुभाइ सरह आमाबुवाको काजकिरियामा सहभागी हुने भन्ने विषय कल्पनाभन्दा बाहिर छ,’ सभासद् दासले भनिन्, ‘छोराछोरी बराबर हुन्, लिंगको आधारमा हुने विभेदलाई हामीले मान्यता दिनु हुँदैन भन्ने सन्देश दिन मैले आमाको शवलाई काँध थापेको हो।’

ललिता यतिबेला आफ्ना दाजु सूर्यनाथ दाससँगै कोरामा बसेर आमाको काजकिरियामा पनि सहभागी भइरहेकी छन्।

उनका दाजु सूर्यनाथ दास सिन्धुलीको लाम्पारटारस्थित तीनपाटन माविका शिक्षक हुन्।

‘दाजु र मैले कमला नदीमा सँगै आमाको शवलाई दागबत्ती दिएका हौँ,’ ललिताले भनिन्, ‘हाम्रो समुदायमा जसले घाटमा दागबत्ती दिन्छ, उसैले कोरा बस्नुपर्ने चलन छ। त्यही भएर अहिले हामी दाजु बहिनी कोरामा बसेका छौँ।’

ललिताको घर सिरहाको लहान नगरपालिका १ मा पर्छ। उनले दाजुभाइ सरह आमाको काजकिरियामा सहभागी हुने कुरा पति शोभाकान्त दासलाइ सुनाएकी थिइन्। पतिले उनको प्रस्तावलाई त्यतिबेलै स्वीकार गरे। तर, ससुराले भने त्यसमा असहमति जनाएको ललिताले बताइन्। ‘उहाँ (ससुरा) लाई मैले अझै सम्झाउनु पर्नेछ,’ ललिताले भनिन्।

‘मधेशमा अझै छोरीलाई सन्तानकै मान्यता नदिने मान्यता जीवितै छ,’ ललितले भनिन्, ‘तीन–चारवटी छोरी भएका आमाबुवा आफ्ना छोरा छैनन् भने सजिलैसँग ‘हाम्रा सन्तान भएका छैनन्’ भनिदिन्छन्। त्यस्तो चेतनामा परिवर्तन ल्याउन, समाजमा छोरा–छोरी बराबर हुन् भन्ने सन्देश दिन मैले आमाको शव बोकेर घाट पुर्‍या एको हो। दाजुसँगै म अहिले कोरामा पनि बसेकी छु।’

आफूले जीवित हुँदा पनि आमाको धेरै सेवा गरेको उनले बताइन्। ‘मैले आमालाई मसँगै बस्नुस् पनि भनेको थिएँ,’ उनले भनिन्, ‘तर, उहाँले मान्नु भएन। उहाँ दाजु–भाइसँगै बसेपनि मैले उहाँलाई सबै आफ्नो तर्फबाट गर्न सकिने सवै सेवा गर्दै आएको थिएँ।’

सिरहा घर भएका पुराना पत्रकार रामरिझन यादव सभासद् ललिता दासले आमाको शव काँध थामेको विषयले मधेशमा ठूलो सन्देश दिएको बताउँछन्।

उनले सामाजिक सञ्जालमार्फत् पनि ललिताको विद्रोहको प्रशंसा गरेका छन्। उनले आफूले पनि पाँच वर्षअघि आमाको निधन हुँदा आठजना दाजुभाइ र दिदीबहिनी मिलेर विराटनगरको घाटमा एकसाथ आमालाई दागबत्ती दिएको स्मरण गरे।

‘माननीय ललिताले जसरी सबै दिदी बहिनीलाई साथमा लिएर आमाको पार्थिव शरीरलाई कमला नदीसम्म पुर्याइन्, यसबाट मधेशका छोरीहरुले धेरै कुरा सिक्न सक्छन्,’ यादवले भने, ‘आमा–बुबा छोराका मात्र हुँदैनन्। तर, हाम्रो पीत्रीसत्तात्मक समाजले छोरालाई मात्रै काजकिरियाको अधिकार दिएर उसलाई मात्रै उत्तराधिकारीको पगरी गुथाईदिन्छ। जुन बिल्कुल गलत हो।’

उनले सांसद ललितको कदमलाई सिरहामा नौलो सुरुवात भएको बताए दिए।

उनले अब मधेशमा ब्राम्हणवादी मृत्यु संस्कारका दिन छोट्याउनु पर्ने र मृत्यु संस्कारपछि हुने यादववादी भोज पनि हटाउनुपर्ने बताए।
मधेशका पुराना संस्कारमान्दै आएकाहरुको कुष्ठाका बावजुत ललिता दास परिवारले गरेको कार्यलाई उदाहरणीय कार्यको रुपमा प्रसंसा गरेका छन्।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब