दलित युवकसंग प्रेममा रहेकी छोरीको ५ महिना अघि घाँटी छिनाएर हत्या, खुल्यो रहस्य

  • माघ ११, २०८० | ३८२ पटक पढिएको | सीमा संदेश
alt

गत भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकामा–४ हुलाकी सडकखण्डको इमृती खोलामा टाउ र शरीर अलग भएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । फेला परेको किशोरीको शव बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोका १५ वर्षीया छोरी कोशिला कुमारी महतोको रहेको प्रहरीले जनाएको छ ।

गाउँकै एक दलित युवकसंग प्रेममा रहेको थाहा पाएपछि बुबाले नै योजनावद्ध रुपमा छोरी कोशिलाको हत्या गरेको रहस्य खुलेको हो । रहस्य खुलेपछि बुबा हरिन्द्रलाई बारा प्रहरीले पक्राउ गरेर पर्सा प्रहरीलाई बुझाएको छ । बुबा हरिन्द्रले पनि छोरीलाई हत्या गरेको स्वीकारेको प्रहरीमा बयान दिएका छन् ।
मृतक छोरी आफ्नो रहेको बुबा हरिन्द्रले सनाखत गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।
‘हरिन्द्रले छोरी हराएपनि कतै निवेदन दिएका थिएनन् । हामीले आफ्नो संयन्त्रबाट सूचना पाएपछि नियन्त्रणमा लिएर सोधपुछ अनुसन्धान गर्दै जाँदा उनको संलग्नता खुल्यो । घटना पर्साको रहेकाले उत्तै जिम्मा लगायौं’ डिएसपी न्यौपानेले भने ।

स्थानीयका अनुसार एक दलित युवकसंग छोरी प्रेममा परेको थाहा पाएपछि हरिन्द्रले पटक पटक कोशिलालाई सम्बन्ध छाड्न दबाब दिएका थिए । नमानेपछि उनलाई योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

मृतक बालिका स्थनीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी थिइन् । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटना विषयमा थप अनुसन्धान जारी रहेको बताए । दुई दिन पश्चात यो घटना विस्तृत विरणसहित सार्वजनिक गर्ने उनको भनाइ छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब