लागुऔषधसहित युवक पक्राउ

  • माघ २६, २०८० | ३७८ पटक पढिएको | सीमा संदेश
alt

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ३ धातीबाट प्रतिबन्धित लागुऔषधसहित सप्तरीको सुरुंगा नगरपालिकाका एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सुरुंगा- ७ हरिपुरका करिब २० वर्षीय रुपेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। 

प्रहरीका अनुसार बिहीबार अपराह्न भगवानपुर गाउँपालिका– ३ धातीस्थित भित्री सडकखण्डमा कालो प्लास्टिकको झोलामा प्रतिबन्धित लागुऔषधसहित हिँडिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो। 

सीमावर्ती प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीबाट पक्राउ गरिएका चौधरीले बोकेको झोलामा १७–१७ एम्पुल ब्रोमेथोजिन, बुप्रेनोर्फिन र डाइजिपाम र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ गरिएका उनलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ। 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब