सिरहा प्रहरीले वेवारीसे अवस्थामा दुईथान भरुवा बन्दुक फेला पारेको छ। गोलबजार नगरपालिका १० धरमपुरबाट बारुद भरीएको बन्दुक शनिवार अपरान्ह फेला हो।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुलिन कार्कीको टोलिले जङ्गल नजीकैको पोखरीछेउबाट बारामा भित्रराखि फालिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी राबिन्द्र राज पाण्डेले जानकारी दिए।
जना युवाको समूह प्रहरी टोलीलाई देख्नासाथ सँगैभएको बोरा फालि जङगलतर्फ भागेपछि प्रहरीले खोलिहेदा भरुवा बन्दुकफेला परेको प्रहरीको भनाई छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
जङगल ओरपरका बस्तीनजीकै लागाएको अन्नबाली बदेल लगायतका जङगली जनावरले खाएर दुःख दिनथालेपछि स्थानीयले शिकार गर्न बरुवा बन्दुक प्रयोग गर्ने गरेको बताइन्छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved