धनुषामा खुल्यो म्यारेज ब्यूरो, मात्र फाराम भरेर 'घरजमाई' देखि 'तलाक विवाह' सम्म

  • वैशाख ७, २०८१ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

विवाहको लागि दुल्हा दुल्ही खोज्ने झन्झटलाई सहज पार्नको लागि धनुषामा “मैरेज ब्यूरो” सँचालनमा आएको छ । 

धनुषा जिल्लाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित विहिबारदेखि सँचालनमा आएको मैरेज ब्यूरोबाट आफ्नो पसन्दको दुल्हा दुल्ही खोज्न सहज पारिदिने भएको छ । 

वर्तमान समयमा दुल्हा दुल्ही खोज्न समय नमिलेको, खोज्दा पनि नमिल्ने, तुक नलाग्ने समस्यालाई ध्यानमा राख्दै सँचालन गरिएको म्यारेज ब्यूरोमा साधारण एक फाराम भरेर मिल्ने जीवनसाथी खोजिदिने सँचालक रामउदगार यादवले जनाए । 

यादवका अनुसार, फाराममा सम्पति, घर घडेरी, उमेर, छालाको रँग, उमेर, जात, गोँसाई (कुलदेवता), गोत्र, परिवारिक विवरण आदी उल्लेख गरी एक प्रति फोटो समेत उपलब्ध गराएमा सोही अनुसार म्याच हुने केटा वा केटी खोज्ने उदेश्य रहेको छ । अहिले केटाकेटी खोज्न दुवै पक्षलाई समस्या भईरहँदा यहाँ मैरेज ब्यूरोमा सम्पर्क गरे घर बसी बसी आफू अनुकूल दुल्हा दुल्ही पाउन सकिने बताए । फारामा गलती भरेपनि भेटने बेलामा क्लीयर गरेपछि ईच्छा अनुसार मात्र विहे हुने बताए । 

उनले भने, –“केटा पक्षले भरेको फाराम हामी राख्नेछौँ, सोही तुलको कोही केटी पक्षले फाराम भरेको वा दुवै पक्षको माग ईच्छा मिलेपछि दुवैलाई सम्पर्क गरी बोलाएर उनको घरमै घट्टक (बरतुहार) पठाउने वा यहाँ कार्यालयमै बोलाएर घटकैती गर्न लगाउनेछौँ । त्यहाँ कुरा मिलेपछि हामी विवाहको लागि प्रक्रिया अगाडी बढाउने कार्य गर्नेछौँ ।”

मैरेज ब्यूरोबाट कुमार विवाह, विधवा विवाह, अपाँग विवाह, विदुर विवाह, घरजमाई विवाह, तलाक विवाहहरु गराउने बताईएको छ । कोही केटी पक्षसँग एक मात्र छोरी रहेको र उनको आमाबुवाको अनुसार छोरीसँगै घरजमाई बनेर बस्न चाहनेहरुको लागि त्यस्तो दुल्हा खोजिदिने बताईएको छ । कानुनी रुपमा तलाक अर्थात छुटापत्र भईसकेकोले आफू अनुकूल जीवनसाथी खोजेर विवाह गर्न सकिने बताए । 

सँचालक राम उदगार यादवले पौडेश्वरस्थित आफ्नो कार्यालय सँचालन गरी शिघ्र नै जनकपुरमा समेत सँचालनमा ल्याउने बताए । उनले सुरुमा यसमा हिचकिचाहट हुने भएपनि दुनियाँ एडभान्स हुँदै जाँदा यसको आवश्यकता धेरैलाई पर्दैै जाने बताए । उनले जीवनसाथी खोज्नको लागि घर घर दौडनुभन्दा एकै ठाउँमा सम्पर्क गरेर परिवार बमोजिम दुल्हा दुल्ही खोज्न मदत हुने बताए । 

यादवले ईच्छुक व्यक्तिले 9844566591 नम्बरमा सम्पर्क गरी कार्यालयमा आएर फाराम भर्न सकिने बताए । उनले यथाशिघ्र नै अनलाईन समेत बनाउने बताए । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब