माताको भेषमा मन्दिरमा गएर मूर्ति 'चोर्ने' तीन महिला पक्राउ

  • वैशाख १०, २०८१ | ५६२ पटक पढिएको | सीमा संदेश
alt

प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरू तीनै जनाले आफूहरू माता रहेको र भगवान्‌ले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले उनीहरूविरुद्ध जाहेरी दिन लागिएको बताए । उनीहरूमाथि सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष पुनले बताए । रासस

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब