चर्को आवाजमा डिजे बजाउने पक्राउ

  • वैशाख १३, २०८१ | ३८३ पटक पढिएको | सीमा संदेश
alt

बारामा चर्को आवाजमा डिजे बजाएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैया स्थित गएराति चर्को आवाजमा डिजे बजाउने दुई जनालाई साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप– महानगरपालिका १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका १ का ५० वर्षीय जयराम सिंह रहेका बारा प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले पटक पटक त्यस्तो नगर्न गरेको सूचनाको बेवास्ता गर्दा उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको उनले बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब