सिरहामा व्यक्तिगत घटना दर्ता शिविर प्रभाकारी बन्दै

  • जेठ १३, २०८१ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ जेष्ठ । सिरहा नगरपालिकाले वडा नं. १ देखि २२ वटै वडाहरुमा वडा कार्यालय तथा विद्यालय लक्षीत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भता पाउने व्यक्तिहरुको नयाँ दर्ता सम्बन्धि अनलाइन दर्ताका लागि संचालन गरेको शिविर प्रभाकारी भईरहको छ ।

व्यक्रिगता घटना दर्ता गराउन छुटेका तथा विभिन्न कागजात मिलाउन नसकेकाहरुले शिविरकै एक द्धार प्रणालिबाट अनलाइन दर्ता गराईरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बर्ताए ।

आफ्ना व्यक्तिगत घटना दर्ता गराउन चाहेकाले यस शिविरमा आवश्यक कागताज सहित सम्पर्क गरे सबै कागजात शिविरमै तयार गरी अनालईनबाट हातमै दर्ता प्रमाण पत्र उपलब्ध हुने यादबले बताए ।

सिरहा नगरपालिकामा अहिले पनि शिक्षा, रोजागरी तथा विभिन्न अवसरहरुबाट पछिपडेका दलित, विपन्न तथा गरिव नागरिकलाई व्यक्तिगत घटना दर्ताको महत्व बारे जानकारी नभएको कारण र कागजात मिलाउनु पर्ने कठिनाईका कारण दर्ता गराउन छुटेका छन् । उनीहरुलाई यसै शिविरबाटै जनचेतना सहितको दर्ता कार्यक्रममा सहभागी गराउने अभियानकै रुपमा शिविर संचालन गरिएको छ ।

यस अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, नागरिक अगुवा तथा महिलाअधिकारकर्मी तथा विभिन्न राजनीतिक दलका अगुवाहरुले आफ्ना गाउँठाउँका व्यक्तिहरुलाई शिविर सम्म पुगाई सहयोग गर्न हुन प्रमुख प्रशाकीय अधिकृत यादबले अनुरोध पनि गर्नु भयो ।

436612808_1888531808243290_6273487198786346428_n

हाल सम्म वडा नं. २०  मा जन्म दर्ता पुरुष १० जना र महिला १३ जना गराएका छन् । बसाईसराई १ जना सहित कुल २४ जनाले व्यक्तिगत घटना अनालईन दर्ता सेवा लिईएका छन् । 

त्यसैगरी वडा नं. २१ मा जन्म दर्ता पुरुष १४ जना र महिला १० जना, मुत्युदर्ता १ जना र विवाह दर्ता १ जना गरी कुल २६ जनाले व्यक्तिगत दर्ता अनलाईबाट गराई सेवा लिइएका छन्।

444759766_1116942899530133_307311743104263600_n

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको ...

सुक्खाग्रस्त क्षेत्र मधेशमा मनसुन सक्रिय : पानी पर

सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशमा मनसुन सक्रिय भएको छ ...

त्रिशूलीमा खस्यो मिनी ट्रक

नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रि ...

चोरीको सुन खरिद गर्ने पसलेसहित दुईजना पक्राउ

नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसलेसहित दुईज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब