सिरहामा व्यक्तिगत घटना दर्ता शिविर प्रभाकारी बन्दै

  • जेठ १३, २०८१ | ७२३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ जेष्ठ । सिरहा नगरपालिकाले वडा नं. १ देखि २२ वटै वडाहरुमा वडा कार्यालय तथा विद्यालय लक्षीत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भता पाउने व्यक्तिहरुको नयाँ दर्ता सम्बन्धि अनलाइन दर्ताका लागि संचालन गरेको शिविर प्रभाकारी भईरहको छ ।

व्यक्रिगता घटना दर्ता गराउन छुटेका तथा विभिन्न कागजात मिलाउन नसकेकाहरुले शिविरकै एक द्धार प्रणालिबाट अनलाइन दर्ता गराईरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बर्ताए ।

आफ्ना व्यक्तिगत घटना दर्ता गराउन चाहेकाले यस शिविरमा आवश्यक कागताज सहित सम्पर्क गरे सबै कागजात शिविरमै तयार गरी अनालईनबाट हातमै दर्ता प्रमाण पत्र उपलब्ध हुने यादबले बताए ।

सिरहा नगरपालिकामा अहिले पनि शिक्षा, रोजागरी तथा विभिन्न अवसरहरुबाट पछिपडेका दलित, विपन्न तथा गरिव नागरिकलाई व्यक्तिगत घटना दर्ताको महत्व बारे जानकारी नभएको कारण र कागजात मिलाउनु पर्ने कठिनाईका कारण दर्ता गराउन छुटेका छन् । उनीहरुलाई यसै शिविरबाटै जनचेतना सहितको दर्ता कार्यक्रममा सहभागी गराउने अभियानकै रुपमा शिविर संचालन गरिएको छ ।

यस अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, नागरिक अगुवा तथा महिलाअधिकारकर्मी तथा विभिन्न राजनीतिक दलका अगुवाहरुले आफ्ना गाउँठाउँका व्यक्तिहरुलाई शिविर सम्म पुगाई सहयोग गर्न हुन प्रमुख प्रशाकीय अधिकृत यादबले अनुरोध पनि गर्नु भयो ।

436612808_1888531808243290_6273487198786346428_n

हाल सम्म वडा नं. २०  मा जन्म दर्ता पुरुष १० जना र महिला १३ जना गराएका छन् । बसाईसराई १ जना सहित कुल २४ जनाले व्यक्तिगत घटना अनालईन दर्ता सेवा लिईएका छन् । 

त्यसैगरी वडा नं. २१ मा जन्म दर्ता पुरुष १४ जना र महिला १० जना, मुत्युदर्ता १ जना र विवाह दर्ता १ जना गरी कुल २६ जनाले व्यक्तिगत दर्ता अनलाईबाट गराई सेवा लिइएका छन्।

444759766_1116942899530133_307311743104263600_n

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब