इजरायलबाट ८ सय जना नेपालीको माग : आवेदन खुल्याे, मासिक तलब कति ?

  • असार १२, २०८१ | ३२३ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य देश इजरायलबाट आठ जना नेपाली कामदारको माग भएको छ । इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको हो ।

वैैदेशिक रोजगार विभागले हिजो एक सूचना निकालेर शुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने जनाएको छ । आठ सयमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । दुवै देशको सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

इजरायलमा नेपाली केयर गिभरको तलब मासिक दुई लाख १० हजार छ भने करार अवधि एक वर्षको भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने हुन्छ । विभागले २१ दिनको समय दिएर हिजोदेखि आवेदन खुला गरेको हो । दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलमा रोजगारीका लागि नेपालीलाई पठाउने प्रक्रिया शुरु हुनेछ ।

केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमी वा सीएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिनुपर्ने योग्यता तोकिएको छ । इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार लैजान सन् २०१५ मा पहिलोपटक दुवै देशबीच सम्झौता भएको थियो ।

अहिले इजरायलमा झन्डै १३ सय जना नेपाली केयर गिभरका रूपमा काम गरिरहेको विभागले जनाएको छ । केयर गिभरका लागि योग्यता पुगेका युवाले विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ ।

आवश्यक योग्यताहरु :
– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
– अनमी वा सीएमए पढेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङ विषयमा कम्तीमा तीन महिनाको तालिम लिएको
– कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको
– पासपोर्टको म्याद कम्तीमा तीन वर्ष कायम रहेको
– आफूमात्र होइन, बाबु, आमा, पति, पत्नी, छोराछोरीसमेत इजरायल नगएको हुनुपर्ने ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब