सकडमै रोपे धान !

  • असार १६, २०८१ | ३६१ पटक पढिएको | सीमा संदेश
alt

सरकारीस्तरबाट खेतमा धानको बिउ रापेर शनिबार २१ औं राष्ट्रिय धान दिवस मनाइरहँदा राजविराजका युवाहरु भने जीर्ण अवस्थामा रहेको राजविराज–रुपनी सडक खण्डको अविलम्ब स्तरोन्तिको माग गर्दै सडकमै धान रोपेका छन् ।

सप्तरी युथ नेपालको अगुवाइमा शनिबार राजविराज–रुपनी सडक खण्डको बिहारपुरमा यसरी युवाहरुले सडकमै धानको बिउ रोपेका छन् । पटक–पटक सम्बन्धित निकायलाई घच्घच्याउँदा पनि कुनै सुनुवाई र चासो नदेखाएकोले सांकेतिक विरोध स्वरुप सडकमै धानको बिउ रोपेर विरोध जनाउनुका साथै सरोकारवाला सबैको ध्यानाकर्षण गराउन खोजिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादवले जानकारी दिइन् । राजविराज–रुपनी सडकखण्ड अति जीर्ण अवस्थामा छ । “खाल्डैखाल्डा परेका कारण सवारीसाधन मात्र होइन, पैदल यात्रुलाई समेत आवतजावतमा समस्या छ, यूवा अभियन्ता मो. अनवर अलीले भने, “खाल्डाखुल्डी कै कारण दिनहुँजसो दुर्घटना समेत हुने गरेको छ ।” सडक जोखिमपूर्ण अवस्थामा रहेकोले आपतकालीन अवस्थामा रहेका बिरामीलाई सो सडकमार्गबाट राजविराजलगायत अन्य अस्पताल पु¥याउन पनि सास्ती हुने गरेको स्थानीयको गुनासो छ ।

राजविराजको गीता पेट्रोल पम्पदेखी बिहारपुरको ५ सयमिटर सम्मको सडकमा मात्रै दर्जनौँ खाल्डाखुल्डी छन् । यसका अलावा राजविराजदेखी रुपनी सम्मको १० किलोमिटरमा झण्डै ५ किलोमिटर सडक जीर्ण अवस्थामा छन् । सडक चौडाई र कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले समयमै निर्माण काम सम्पन्न गर्न तदारुकता नदेखाउँदा अहिले वर्षायाममा जोखिम झनै बढाएको बिहारपुरवासी युवा नेता अमरनाथ मण्डलले बताए । वर्षाको पानीले हिलाम्मे बनेको सडकमा २ सय भन्दा बढी धानको बिउ रोपिएको अर्का युवा दिपेन्द्र दासले बताए । सप्तरी युथ नेपालको उक्त विरोध कार्यक्रममा स्थानीयले पनि समर्थन जनाएका छन् ।

दुई घण्टाको विरोधमा विभिन्न राजनीतिक दलका युवाहरुले पनि सहभागिता जनाए । यता कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” नाराका साथ २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ । यस अवसरमा राजविराज विमानस्थल नजिकै विष्णुपुर गाउापालिका ६ गोरगामास्थित खेतमा धान रोपाई कार्यक्रमको आयोजना गरिएको केन्द्रका प्रमुख किसुनदेव राउतले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब