कमला नदीमा फसेका ६ जनाको उद्धार

  • असार २६, २०८१ | ४१५ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ वर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु नदीको बीच भागमा फसेका थिए ।

बीचमा फसेका उनीहरूको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले ट्यूव बोटको सहायताले उद्धार गरेको हो ।

यस्तै कल्‍याण नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका २ जनाको सशस्त्र प्रहरीले विहान दिउँसो करिव २ बजे सकुशल उद्धार गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीका कारण नदीमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उनीहरु उक्त जेसीबीका चालक तथा सह-चालक रहेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब