जथाभाबी विद्युतीय तार छाड्नेमाथि ज्यान मुद्दा दर्ता

  • साउन ३, २०८१ | ५९२ पटक पढिएको | सीमा संदेश
alt

 रौतहटमा जथाभाबी रूपमा अरूको खेत हुँदै  विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका  रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो।

आरोपीहरूले विद्युत्को पोलबाट जथाभाबी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का चुनिलाल पासवानको आफ्नै खेतमा काम गरी रहेको अवस्थामा मृत्यु भएको थियो।

पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए । 

गत सोमवार पासवानको मृत्यु भएलगत्तै रामदरेश राय यादव , गुल्टेन राय यादव फरार रहेका छन् । उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब