जथाभाबी विद्युतीय तार छाड्नेमाथि ज्यान मुद्दा दर्ता

  • साउन ३, २०८१ | ३३२ पटक पढिएको | सीमा संदेश
alt

 रौतहटमा जथाभाबी रूपमा अरूको खेत हुँदै  विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका  रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो।

आरोपीहरूले विद्युत्को पोलबाट जथाभाबी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का चुनिलाल पासवानको आफ्नै खेतमा काम गरी रहेको अवस्थामा मृत्यु भएको थियो।

पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए । 

गत सोमवार पासवानको मृत्यु भएलगत्तै रामदरेश राय यादव , गुल्टेन राय यादव फरार रहेका छन् । उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब