सिरहा, ४ साउन। सिरहाको गोलबजारमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
गोलबजार नगरपालिका ८ वलकावा सीडीयोटोल नजीकको सगुन इँटा उद्योगले इँटा बनाउन खनेको खोल्डोमा डुवेर स्थानीय करिव ६० वर्षको मनोज थापाको मृत्यु भएको हो।
विहिवार विहानैबाट हराएको थापाको शव आज गाउँ भन्दा करिव एक सय मिटर दुरिमा रहेको खाल्डोमा घोप्टो परेर तैरिरहेका अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिए।
परीवारले हराएपछि विभिन्न ठाउँमा खोजी तलासी गरेपनि आज मृत फेला परेको जनाएको छ।
शव भेटीएकै बाटोहुँदै थापाको खेतजाने भएकाले खेत जाँदा चिप्लिएर पानीमा परेको हुनसक्ने स्थानीयको अनुमान छ।
शव लाई पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ।
सिरहामा जथाभावी गाउँ नजीकै खनेको खाल्डो र ग्राभेल उत्खननगर्नेहरुले खनेको खाल्डोमा डुवेर वर्षेनी मानिस मर्ने गरेको छ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved