सगुन इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु

  • साउन ४, २०८१ | ४९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ४ साउन। सिरहाको गोलबजारमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

गोलबजार नगरपालिका ८ वलकावा सीडीयोटोल नजीकको सगुन इँटा उद्योगले इँटा बनाउन खनेको खोल्डोमा डुवेर स्थानीय करिव ६० वर्षको मनोज थापाको मृत्यु भएको हो।

विहिवार विहानैबाट हराएको थापाको शव आज गाउँ भन्दा करिव एक सय मिटर दुरिमा रहेको खाल्डोमा घोप्टो परेर तैरिरहेका अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिए।

परीवारले हराएपछि विभिन्न ठाउँमा खोजी तलासी गरेपनि आज मृत फेला परेको जनाएको छ।
शव भेटीएकै बाटोहुँदै थापाको खेतजाने भएकाले खेत जाँदा चिप्लिएर पानीमा परेको हुनसक्ने स्थानीयको अनुमान छ।

शव लाई पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ।

सिरहामा जथाभावी गाउँ नजीकै खनेको खाल्डो र ग्राभेल उत्खननगर्नेहरुले खनेको खाल्डोमा डुवेर वर्षेनी मानिस मर्ने गरेको छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब