मलमा अनियमितता

  • साउन ८, २०८१ | २४१ पटक पढिएको | सीमा संदेश
alt

धान रोपाइँमा रहेका किसानलाई अहिले देखि नै मलको समस्याले पिरोलिराखेको छ । यस्तो अवस्थामा अहिलेदेखि नै मल वितरणमा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् ।

सिराहा, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु गरी चार जिल्लालाई रासायनिक मल आपूर्ति गरिरहेका कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानमा मल वितरणमा अनियमितता हुने गरेको किसानको आरोप छ । कतिपयले सहजै पटकपटक मल लग्दा मलखाद लग्ने गरेको पाइए पनि वास्तविक किसानले भने अहिलेसम्म पनि मलखादका लागि समस्या नै भोग्नु परेको कृषि सहकारी संस्था लिमिटेड लहान– १ का सञ्चालक विशेश्वरप्रसाद यादवले गुनासो गरे । उनले मलखाद लिन आउने किसानहरुको दबाब खेप्न समस्या भएको बताए । सहकारीलाई मल दिएर अनुगमन गर्ने निकायहरु स्वयं सयौँ बोरा मल लिएर आफ्नो नजिकको सहकारीलाई दिएर अनियमितता गरिरहेको उनको आरोप छ ।

यता कृषि कम्पनि लिमिटेड शाखा लहानका प्रबन्धक दीपराज पौडेलले डिएपी युरिया पोटास मलखादको कुनै अभाव नभए पनि वर्षापछि पूर्व पश्चिम जाने राष्ट्रिय राजमार्गको ६ लेन सडकमा नाला निर्माण कार्य भइरहेकोले पाँच दिनसम्म ढुवानी हुन नहुँदा एकैपटक मल लिन आएपछि वितरणमा समस्या भएको बताए । उनले मलको व्यवस्थापन, मलको वितरण प्रणाली सहज गर्न लागेको बताए ।

सिरहामा ११९ वटा सहकारीबाट वितरण भइरहेको मलखादलाई व्यवस्थित गर्न पालोपालो मल लैजाने विधि अपनाउनुपर्ने विगतकै वर्षमा आलोपालो मल लैजाने प्रक्रिया सही रहेको बताउँछन् । सोही प्रक्रिया अनुसार मलखाद वितरण गर्ने अनुभव भएको छ । अहिलेसम्म ४३११.६५० मेट्रिकटन डिएपी ३३१६ मेट्रिक टन युरिया, १९२ मेट्रिक टन पोटास बिक्री भैसकेको छ भने मौजदात रहेको ८१५.७०० मेट्रिक टन डिएपी, ८७.५०० मेट्रिक टन युरिया र १२२ मेट्रिक टन पोटास बिक्रीमा छ ।

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब