मलमा अनियमितता

  • साउन ८, २०८१ | २३६ पटक पढिएको | सीमा संदेश
alt

धान रोपाइँमा रहेका किसानलाई अहिले देखि नै मलको समस्याले पिरोलिराखेको छ । यस्तो अवस्थामा अहिलेदेखि नै मल वितरणमा अनियमितता देखिएको कृषि सहकारी संस्थाका सञ्चालकहरुले गुनासो गरेका छन् ।

सिराहा, ओखलढुंगा, खोटाङ र सोलुखुम्बु गरी चार जिल्लालाई रासायनिक मल आपूर्ति गरिरहेका कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानमा मल वितरणमा अनियमितता हुने गरेको किसानको आरोप छ । कतिपयले सहजै पटकपटक मल लग्दा मलखाद लग्ने गरेको पाइए पनि वास्तविक किसानले भने अहिलेसम्म पनि मलखादका लागि समस्या नै भोग्नु परेको कृषि सहकारी संस्था लिमिटेड लहान– १ का सञ्चालक विशेश्वरप्रसाद यादवले गुनासो गरे । उनले मलखाद लिन आउने किसानहरुको दबाब खेप्न समस्या भएको बताए । सहकारीलाई मल दिएर अनुगमन गर्ने निकायहरु स्वयं सयौँ बोरा मल लिएर आफ्नो नजिकको सहकारीलाई दिएर अनियमितता गरिरहेको उनको आरोप छ ।

यता कृषि कम्पनि लिमिटेड शाखा लहानका प्रबन्धक दीपराज पौडेलले डिएपी युरिया पोटास मलखादको कुनै अभाव नभए पनि वर्षापछि पूर्व पश्चिम जाने राष्ट्रिय राजमार्गको ६ लेन सडकमा नाला निर्माण कार्य भइरहेकोले पाँच दिनसम्म ढुवानी हुन नहुँदा एकैपटक मल लिन आएपछि वितरणमा समस्या भएको बताए । उनले मलको व्यवस्थापन, मलको वितरण प्रणाली सहज गर्न लागेको बताए ।

सिरहामा ११९ वटा सहकारीबाट वितरण भइरहेको मलखादलाई व्यवस्थित गर्न पालोपालो मल लैजाने विधि अपनाउनुपर्ने विगतकै वर्षमा आलोपालो मल लैजाने प्रक्रिया सही रहेको बताउँछन् । सोही प्रक्रिया अनुसार मलखाद वितरण गर्ने अनुभव भएको छ । अहिलेसम्म ४३११.६५० मेट्रिकटन डिएपी ३३१६ मेट्रिक टन युरिया, १९२ मेट्रिक टन पोटास बिक्री भैसकेको छ भने मौजदात रहेको ८१५.७०० मेट्रिक टन डिएपी, ८७.५०० मेट्रिक टन युरिया र १२२ मेट्रिक टन पोटास बिक्रीमा छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब