धर्म परिवर्तन गराएको भन्दै एजेन्टहरुलाई हिन्दु सम्राट सेनाले लखेटे, चर्चमा ताला

  • भदौ १६, २०८१ | ५३२ पटक पढिएको | सीमा संदेश
alt

धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित धर्म परिवर्तन गराउने गिरोहलाई हिन्दु सम्राट सेनाले लखेटेका छन् । 

शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको झण्डाचोकमा योग शिविर चलाउने भनेर घर भाडामा लिएर धर्म परिवर्तनको कार्यमा सँलग्न रहेको भन्दै हिन्दु सम्राट सेनाले एजेन्टहरुलाई लखेटेका छन् । 

शनिबार यदुकूहा पुगेका हिन्दु सम्राट सेनाको धनुषा कमला नगरपालिकाको टोली र सबैला नगरपालिकाका टोलीले उनीहरुलाई लखेटेको हो । 

झन्डाटोल स्थित पेट्रोल पम्पको छेउमा खुलेआम धर्म परिवर्तन गराउने गिरोहलाई पक्राउ गरेको छ। हिन्दु धर्म विरुद्ध उल्टोसुल्टो बोलेर धर्म नै परिवर्तन गर्न भनेपछि शनिबार हिन्दु सम्राट सेनाका युवाहरु रोकधाम गर्न सफल भएको बताएका छन्। 

अवैध तरिकाले चर्च निर्माण गरी धर्म परिवर्तन गराउने इसाई मन्नेहरुले प्रमाण नमान्ने तर हिन्दू सम्राट सेनाका युवाहरू द्वारा धर्मान्तरण रोकथाम गर्न खोजिएको बताएको हो। 

धर्म परिवर्तन गराउने इसाइ मान्नेहरुलाई रोक्न खोज्दा हिन्दु सम्राट सेनाका युवाहरूलाई ईलाका प्रहरी कार्यलयका प्रहरीहरुले हस्तक्षेप गरेका छन। इसाले यदुकूहामा चर्च बनाएको घरमा हिन्दु सम्राट सेनाद्धरा ताल्चा लगाइएको छ।

गत आईतबार न्यूज ब्यूरोमा धर्म परिवर्तन सम्बन्धी समाचार प्रकाशित भएपछि हिन्दु सम्राट सेनाले एक्सन लिएको थियो । 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब