राउतको सम्बन्ध विच्छेद मुद्दा : सम्पत्ति बढ्न थालेपछि अंशवण्डा, घरेलु हिंसा

  • भदौ २८, २०८१ | ६७५ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीका अध्यक्ष समेत रहेका सांसद डा. सिके राउतले श्रीमतीसित सम्बन्ध विच्छेद र अंश सम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका छन् ।

पारिवारिक विवाद सतहमा नदेखिए पनि सोझै अशं र सम्बन्ध विच्छेदको मुद्दा श्रीमतीमाथि राउतले दर्ता गरेपछि अनेक आशंका उब्जिएको छ । भदौँ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । उनले दायर गरेको मुद्दामा प्रमुख कारण श्रीमती बढी समय माइतीमा दिने गरेको र उतै बस्न चाहेकी आरोप लगाइएको छ । ‘अंश र सम्बन्ध विच्छेद’ शीर्षकमा मुद्दा दायर गरेको ललितपुर जिल्ला अदालतका प्रवक्ता राम सजिवन महतोले पुष्टि गरेका छन् ।

राउतको ससुराली भारत बिहारको पूर्णिया जिल्ला सिमरिया ग्राम पंचाईत ९ रहेको छ । उनको ससुरा उमेश सिंह हुन । राउत दम्पत्तीको दुई छोरी र एक जना छोरा छन् । जेठो छोरा १२/१३ वर्षको र काञ्छी छोरी करिब ८ वर्षको रहेको बताइन्छ । स्थानीय वासिन्दाहरुका अनुसार छोराको जन्म अमेरिकामा भएको हो । शैक्षिकस्तर सामान्य रहेको रानी भने लामो समय पतिसँगै देश विदेश घुमेकी थिइन् । तर पछिल्लो समय दुवैबीच तित्तता बढ्दै गएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ४ स्थित इमाडोल बस्दै आएका राउतले आफूहरूको सम्बन्ध नमिलेका कारणले विच्छेद गरि पाऊँ भन्दै मुद्दा दायर गरेका हुन् ।

श्रीमती रानी माइतीमा मात्रै जाने गरेको, सम्बन्ध राम्रो नभएकोलगायतका विषयहरू उल्लेख गरेका छन् । डा. राउतलाई नजिकबाट चिन्ने सप्तरी जिल्लाका केही वासिन्दाले आम निर्वाचनपछि उनीहरुको पारिवारिक अवस्था बिग्रेको छ । चुनावमा राउत एक्लै निर्वाचित भएको र अन्य सांसदहरु समानुपातिकबाट बनाइएको छ । सोही विषयमा राउतको परिवारमा विवाद भएको स्थानीयहरुले आशंका गरेका छन् ।

स्थानीय वासिन्दाका अनुसार उनीहरुको पारिवारिक सम्बन्ध अत्यन्त राम्रो रहँदै आए पनि चुनावपछि परिवारमा कलह बढेको छ । राउत र श्रीमती रानीको ठेगाना नागरिकतामा सप्तरी जिल्लाको महादेवा गाउँपालिकाको वडा नम्बर २ हो । तर राउतले गरेको मुद्दामा महालक्ष्मी नगरपालिकाको वडा नम्बर ४ नै ठेगाना राखेका छन् ।

श्रीमती रानीसित वैवाहिक अंगीकृत नागरिकता रहेको छ । राउतले सम्बन्ध विच्छेद र अंश सम्बन्धी मुद्दा गरे पनि तीनै जना बच्चालाई आफूसित नै राख्ने बताइएको छ । श्रीमती रानी माइती गइरहने लगायत कयौं कारणहरू उल्लेख गरी दायर गरिएको मुद्दामा अदालतबाट श्रीमतीको नाममा म्याद जारी भएपछि अन्य प्रक्रिया अगाडि बढ्ने प्रवक्ता महतोले बताए ।

सामाजिक न्यायका लागि जोडदार आवाज उठाउँदै आएका राउतले आफ्नै घरमा न्याय दिन अथवा न्याय पाउन नसकेको विषय पछि स्थापित होला । उच्च शिक्षा हासिल गरेका र देश विदेशका अनुभव बटुलेका डा.राउतको पारिवारिक मुद्दाले अनेक प्रश्न उब्जाएको छ । जनमत पार्टीका नेताहरुले यस विषयमा मुख खोल्न चाहिरहेका छैनन् । तर कतिपय नेताले समस्या समाधानका लागि पहल सुरु भइसकेको र चाँडै निदान हुने विश्वास व्यक्त गरेका छन् ।

राउतको पारिवारिक मुद्दालाई धेरैले भविष्यमा आउन सक्ने कानुनी जटिलताबाट सम्पत्ति जोगाउन अंश र सम्बन्ध विच्छेदको मुद्दा गरिएको तर्क गरिरहेका छन् । तर कतिपयले चुनावपछि राउतले श्रीमतीमाथि घरेलु हिंसा गरेको आरोप समेत लगाएका छन् । केही वर्षदेखि उनी परिवारलाई समय नदिएकाले विवाद बढेको पनि कतिपयले बताएका छन् । परिवारिक विषय अदालतसम्म जानुलाई सकारात्मक रुपमा लिइएको छैन ।

जनमत पार्टीका नेताहरुले अध्यक्ष राउतको पारिवारिक विषय भएकाले यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब