डा.राउतविरुद्ध प्रहरीमा उजुरी दर्ता, अदालतमा पनि सामना हुने

  • असोज ७, २०८१ | ५१७ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)की पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा दिएको निवेदन दर्ता भएको छ ।

बिहीबार प्रहरी प्रभाग पुगेकी राउतकी पत्नी रानीको निवेदन प्रहरीले दर्ता गर्न आनाकानी गरेको थियो । तर प्रहरीले भने अन्ततः आइतबार निवेदन दर्ता गरेको सोनी सिन्धु रानीले बताएकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै रानीले ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा उजुरी दिँदा प्रहरीले दर्ता गर्न आनाकानी गर्दै आएको थियो ।

प्रहरीवृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले सोनी सिन्धु रानीले दिएको निवेदन दर्ता गर्न भनिसकेको बताए पनि शुक्रबारसम्म निवेदन दर्ता गरिएको थिएन । प्रहरी नायव उपरीक्षक भट्टरटाईले आदेश दिएको भने पनि रानीको निवेदन आइतबार मात्र दर्ता गरिएको छ ।

पटक पटक धाकधम्की दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्की समेत श्रीमानले दिने गरेको रानीले बताएकी छन् । उनी बिहीबार नै प्रहरी प्रभागमा पुगेर आफू असुरक्षित भएको निवेदन दर्ता गराउने प्रयास गरेकी थिइन् । ‘मलाई श्रीमान्ले अनेक प्रकारको धाकधम्की, ज्यानमार्ने धम्की र बच्चाहरुसित समेत अलग गरिदिने धम्की दिइरहेका छन्’ उनले भनिन्, आफूलाई असुरक्षित महसुस गर्दै मैले प्रहरीमा सुरक्षाका लागि दिएको निवेदन बल्ल दर्ता भएको छ । त्यतिबेला प्रहरीले अध्ययन गर्ने भन्दै शुक्रबार उनलाई पुनः बोलाएको थियो ।

तर उनको निवेदन आइतबार दर्ता भएको छ । राउतले पत्नी रानीमाथि ललितपुर जिल्ला अदालतमा दिएको मुद्दाको समन उनले बुझेकी छन् । ‘श्रीमान राउतसंग न्याय माग्दै प्रतिउत्तर दिने तयारी गरिरहेकी छु ।’ उनले अघि भनिन्, प्रहरीमा दिएको निवेदन बल्ल दर्ता भयो । अब अदालतमा उहाँले दिएको मुद्दाबारे अध्ययनमा लागेकी छु, मिसिलहरुको प्रतिलिपि झिक्ने काम भएको छ, छिट्टै नै प्रतिउत्तर लगाउने छु ।’ एउटै भवनको छुट्टाछुट्टै तल्लामा राउत दम्पत्ती बसिरहेका छन् ।

तीनै जना सन्तान पनि श्रीमती रानीसँगै बसिरहेका छन् । एक छोरा र दुई छोरी नाबालिग छन् । अध्यक्ष राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेको छ । राउतले पत्नी रानीसँग सम्बन्ध विच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा रिट दायर गरेका छन् । तर सिन्धु रानीले भने अहिले आफू श्रीमान राउतलाई छाड्ने मनस्थितिमा नरहेको बताउँदै आएकी छन् । पार्टी कार्यक्रममा जिल्ला भ्रमण रहेका डा.राउतसित श्रीमती रानीले अदालतमापनि सामना गर्ने छिन् । उनी मुद्याको प्रतिउत्तर लगाउने तयारी थालेको बताएकी छन् ।

तर डा.राउतले अशं र सम्बन्ध विच्छेदको मुद्दा दिए पनि त्यसलाई नस्वीकार्ने उनले बताएकी छन् । आफूलाई राउतले अमेरिकादेखि यहाँसम्म मानसिक लगायत अनेकाँै किसिमले यातना दिने गरेको समेत उनले आरोप लगाइन् । राउतकी श्रीमती सिन्धु रानी वैवाहिक अंगीकृत नेपाली नागरिक हुन् । भारतको पुर्णिया जिल्लामा उनको माइत छ ।

प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘ अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन् । राउत दम्पत्तीबीचको पारिवारिक मुद्दा सार्वजनिक भएपछि त्यसको प्रभाव डा.राउतको राजनीतिमा समेत पर्ने जनमत पार्टीका एकजना नेताले बताए । ‘पारिवारिक विवाद भए पनि डा.राउत सार्वजनिक पद धारण गरेका व्यक्ति हुन्’ उनले भने, यसबाट उनको छवि बिग्रिनुका साथै पार्टीमा समेत नकारात्मक प्रभाव पर्ने निश्चित छ । ‘विगतमा श्रीमतीले यातना सहेर पनि घरमै बसिरहेकी थिइन्’ नेताले भने, विवाद बाहिरिएसँगै रानीलाई सहयोग गर्नेहरु पनि प्रशस्त भेटिने छन् । अध्यक्ष राउतले पारिवारिक विषयलाई परिवारमै बसेर सहमतिबाट टुंग्याउनु उपयुक्त हुने उनले सुझाव दिए । अदालतमा मुद्दा गए पनि सहमतिको ढोका खुल्ला रहेकाले डा.राउत सकारात्मक प्रयास गर्नु पर्ने उनको कथन छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब