पूर्वप्रेमी मध्यरातमा घर छिरेपछि देवरसित मिलेर हत्या, भान्सामा गाडिएको शव खोलामा सारियो

  • असोज २३, २०८१ | ५०४ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । चार महिनाअघिदेखि हराइरहेका झापाको बाह्रदशी गाउँपालिका-४ का राजेश ठाकुरको कंकाल केही दिनअघि बिरिंग खोलाको किनारमा भेटियो ।

उक्त घटनाको मूल कारण अनैतिक सम्बन्ध रहेको खुलेको छ । राजेशलाई धारिलो हतियार प्रयोग गरी खोला किनारमा गाडेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदशी- ५ की २० वर्षीय मुना मेचे (राजवंशी) उनका जेठाजु ३१ वर्षीय समीर राजवंशी र मुनाका १६ वर्षीय भतिज नरेश राजवंशी छन् ।

स्थानीय २१ वर्षीय आशिष थापालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिएको छ । मुनाका पति अभय राजवंशी पहिलादेखि नै साउदीमा छन् । घटनापछि देवर गणेश पनि वैदेशिक रोजगारीमा गएका थिए । हत्यामा उनै गणेश संलग्न देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार बेपत्ता ठाकुरको हत्या गरी शव गाडेको सूचनाका आधारमा प्रहरीले केही दिनअघि शव उत्खनन् गरेको थियो । विभिन्न स्थानमा खोतल्ने क्रममा बाह्रदशीकै ७ नम्बर वडास्थित बिरिंग खोला किनारमा कंकाल भेटिएको हो । राजेशको शव गाडेको स्थान पत्ता लगाउन प्रहरीलाई ४ दिन लागेको केसीले बताए । टाउकाको हड्डी, खुट्टाको नली हड्डी र अस्थिपञ्जरमात्र बाँकी रहेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

प्रहरीले शुरुमा राजेशका छिमेकी गणेश राजवंशीको आँगनमा र भान्सा कोठा खोतलेको थियो । एसपी केसीका अनुसार चक्कु प्रहार गरेर हत्यालगत्तै राजेशको शव गणेशको घरको भान्सा कोठामा गाडिएको थियो । पछि पोल खुल्नसक्ने डरले खोला किनारमा लगेर पुरेको अनुसन्धानबाट खुलेको छ । प्रमाण मेट्न भान्सा ढलान गरी सम्म्याइएको थियो । प्रहरीले ढलान गरेको किचन पनि जेसीबी लगाएर खनेको छ ।

राजेश गत जेठ १५ गतेदेखि बेपत्ता थिए । हत्यामा संलग्न रहेका गणेश अहिले दुबईमा छन् । घटना गराएर उनी विदेशिएको प्रहरी बताउँछ ।

अनैतिक सम्बन्धले गयो ज्यान

२० वर्षीया मुना मेचेसँगको सम्बन्धको कारण राजेशको हत्या भएको खुलेको छ । श्रीमान् अभय रोजगारीका लागि साउदी गएपछि मुना ५ वर्षको छोरासँग बस्थिन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार मध्यरात राजेश मुनाको घर गएपछि घटना भएको हो । राजेश गत जेठ १५ गते राति करिब ११:३० बजे मुनाको घरमा गएका थिए ।

‘राजेश ठाकुर मुनाको घर जानुभन्दा केही समय पहिलादेखि दुईजनाको सम्बन्ध बिग्रिएको थियो । राजेश घरमा आएपछि मुनाले देवर गणेशलाई चोर पसेको भन्दै बोलाएकी रहिछन् । त्यसपछि देवरभाउजू मिलेर राजेशलाई डोरीले बाँधेका थिए’, ती अनुसन्धान अधिकृतले भने ।

पक्राउ परेका मुनाका भतिज नरेश राजवंशीले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिएको बयान दिएका छन् । तर, आवेशमा आएर उनीहरूले राजेशको हत्या गरेको नरेशको भनाइ छ ।

मुनाको बिहे हुनुभन्दा अगाडिदेखि राजेशसँग सम्बन्ध रहेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक केसीले अनैतिक सम्बन्धका कारण हत्या भएको देखिएको बताए ।  गणेश बाहिर रहेकाले उनलाई नेपाल ल्याएपछि थप कुरा खुल्ने उनको भनाइ छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब