गाउँपालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ

  • असोज २६, २०८१ | ३५६ पटक पढिएको | सीमा संदेश

वीरगन्ज । पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट लागु औषध अफिमसहित पक्राउ परेका हुन् । 

विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

अफिमसहित पक्राउ परेका कलवारमाथि प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनले भने, ‘हामी कहाँ सूचना आयो, त्यसपछि हाम्रो टोलीले त्यही सूचना बमोजिम उनलाई नियन्त्रणमा लियो । उक्त अफिम कलवारले बोकेका हुन् वा होइनन् त्यो अझै ‘क्लियर’ हुन सकेको छैन । त्यसकारण हामीलाई आएको सूचना र मोटरसाइकलको सिटमुनि राखिएको अफिमबारे धेरै पाटोबाट अनुसन्धान गरिरहेका छौँ ।’ 

कलवारको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलबाट अफिम बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका कलवारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी जनाएको छ ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब