पत्नीकै मिलेमतोमा पतिको हत्या आरोपमा पक्राउ

  • कार्तिक ८, २०८१ | ४१७ पटक पढिएको | सीमा संदेश
alt

बारामा पत्नीले नै मिलेमतोमा पतिको हत्या गरेको रहस्य खुलेको छ । पत्नीकै मिलेमतोमा पतिको हत्या भएको खुलेपछि हत्या आरोपमा प्रहरीले हत्याका मुख्य आरोपी रहेका एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

भारतको रक्सौलको परेवा गाउँका २८ वर्षीय विजय गुप्तालाई दशगजा क्षेत्रबाट राति १ बजे पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको बारा प्रहरीले प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनले भारतीय प्रहरीको समन्वयमा घटनाको ११ औँ दिनमा गुप्ता पक्राउ परेका छन् ।

सो घटनापछि आरोपीलाई पक्राउ गर्न प्रहरी उपरीक्षक महेन्द्र खड्का भारतीय समकक्षीसित सहयोग माग्दै आरोपीलाई पक्राउ गरिएको छ । प्रहरी उपरीक्षक खड्काले आरोपीले हत्या गरेको स्वीकार गरिसकेका छन् । मृतककी पत्नी मनिषाको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

मनिषा गत कार्तिक २ गतेदेखि नै प्रहरी हिरासतमा रहेका छन् । उनीहरुलाई कर्तव्य गरी हत्या गरेको कसुर अन्तर्गत अनुसन्धान भइरहेको उनले बताए । गत असोज २७ गते वीरगञ्ज महानगरपालिका–३ स्थित छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारलाई हत्या गरी बाराको प्रसौनी गाउँपालिका–१ स्थित त्रिवेणी गाउँको त्रिवेणी खोलासंगै रहेको गण्डक नहर छेउमा हत्या गरी फालिएको अवस्थामा ६ दिनपछि कार्तिक २ गते शव फेला परेको थियो ।

मनिषाकी छिमेकी एक स्थानीयले जनाए अनुसार ६ दिनदेखि हराइरहेका युवक सोनारको खोजी कार्य गरिदिन भन्दै घटनाको भोलिपल्ट मनिषा र विजय दुवै जना संगै पर्सा प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए । उनले विजय र मृतक वीरेन्द्र घरबाट संगै मेला हेर्न बाइकमा निस्केका थिए । आरोपी विजय, मृतक वीरेन्द्र र उनकी पत्नी मनिषा वीरगञ्ज घरमा संगै बस्दै आएका थिए । ‘हत्या आरोपी विजयले फोनमा ‘लोकेसन’ दिएको अनुसार वीरेन्द्र पत्नी आफैं शव खोज्न घटनास्थलतर्फ गएकी थिइन् । तर विजयले दिएको ‘लोकेसन’ ठयाक्कै पुग्न नसकेपछि मनिषाले दोस्रो पटक विजयसित ‘लोकेसन’ मागेकी थिइन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘विजय ‘लोकेसन दिँदै घटनाको पर्सिपल्ट (असोज २९ गते) भारततर्फ फरार भएका थिए ।’ मनिषाकै बयानले विजयलाई पक्राउ गरेका छन् । विजयले मेला हेर्न भन्दै सोनारलाई लगेदेखि घर नफर्किदा खोजतलास गर्दै जाँदा प्रहरीले शव भेटाएको थियो ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब