मिर्चैयामा निर्माणाधिन नालामा युवकको शव भेटियो

  • कार्तिक ९, २०८१ | ६०७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ९ कात्तिक। सिरहाको मिर्चैया नगरपालिका ६ थाना चौकको निर्माणाधिन नालामा एक युवकको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय मिर्चैइादेखि करिव ५० मिटर पूर्व निर्माणधिन महेन्द्र राजमार्गको नालामा सिरहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षिय नितेश कामतीको शव फेला परेको हो। 

स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी पुग्दा उनको मृत्यु भईसकेको प्रहरीको भनाई छ। प्रहरीले आवश्यक प्रकृया पुरागरी आजै शव पोष्टमार्टमको लागि प्रदेशिक अस्ताल सिरहा पठाएको छ। 

उनको मृत्युको कारणभने पोष्टमार्टम रिपोर्टपछिमात्र खुल्ने प्रहरीले जनाए।

स्थानीयले आजै विहान ९–१० बजेको आसमापासमा घुमिरहेको देखेको प्रहरीको भनाई छ। उनी नालामा झोक्राएर बसेको र पछि त्यही सुनेको स्थानीयको भनाई रहेको छ। सुतेको धेरै वेरसम्म नउठेपछि स्थानीले नै प्रहरीलाई सूचना गराएका थिए। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेका जनाएको छ। 

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब