महिलाको पहिचान खुल्यो, पतिपत्नी पक्राउ

  • कार्तिक १५, २०८१ | ४०५ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको वडा नम्बर ७ दनौलीमा फेला परेको मृतका महिलाको पहिचान खुलेको छ ।

धनुषा जिल्लाको शहीदनगर यदुकूहा नगरपालिका वडा नम्बर ७ निमुवा टोल माइती भएकी मालती मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले जनाएको छ ।

हत्या अभियोगमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ५ बस्ने राकेश नायक र उनकी पत्नी रिना देवीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । नायक र रिना मिलेर मालतीको हत्या गरेको प्रहरीले जनाएको छ । निसन्तान नायक दम्पतीले मालतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राकेश नायकले मालती मण्डलसित केहि महिनादेखि लिभिंइ टु गेदरमा थिए ।तर उनीहरुबीच कहिलेकाहीँ झैझगडा हुने गरेको थियो ।झेझलगडा हुने र फेरी सुलह हुने गरेपछि सोमवार राती २ बजे मालतीलाई पिपरा गाउँपालिकाको दनौलीमा रहेको आँपको बगैँचामा लगेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

मालतीले लगाएकी सलले उनको घाँटी थिचेर हत्या गरी त्यै साल अनुहारमा राखेर आगो लगाइएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।मृतक महिलाको पहिचान लुकाउन अनुहारमा सल राखेर आगो लगाएको बताइएको छ । प्रारम्भिक वयानमा रमेश नायक र रिना देवीले हत्या गरेको स्विकारेको प्रहरी स्रोतले जनाएको छ

।सन्तानका लागि मालतीसित बिहा गर्न चाहेको नायकले सम्बन्धमा विवाद बढेपछि हत्या गरेको बताइएको छ । शवको सनाखत हुन नसकेको कारण पोष्टमार्टम समेत हुन सकेको थिएन् ।शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।पहिचान खुलिसकेपछि मृतकका परिजनलाई शव जिम्मा लगाइएने प्रहरीले तयारी गरेको छ ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब