डा. ओममूर्ति अनिललाई पैतृक गाउँको मोह

  • कार्तिक २५, २०८१ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल प्रत्येक वर्ष छठ पर्वको बखत जन्मथलोका लागि केही गरौँ भन्ने मनसायले प्रेरित हुन्छन् । उनले संसारको जुनसुकै ठाउँमा पुगे पनि, जस्तोसुकै पेशा व्यवसायमा संलग्न रहे पनि आफ्नो गाउँ, जन्मस्थान र पृष्ठभूमिलाई भुल्न नहुने बताउँछन् ।

महोत्तरीको धमौरामा शनिबार बुबा तेजनारायण सिंहको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा आयोजित स्मृति सभामा बोल्दै डा. अनिलले अध्ययन र पेशाकर्मका कारण सन्तानहरू शहर केन्द्रित हुन थालेपछि धेरैको गाउँसँगको सम्बन्ध टुटेको बताए । आफूहरु पनि पढाइ र कामको सिलसिलामा शहरमा बस्न थालेपछि बुबाले गाउँमा घर बनाउन सुझाव दिएको उनले स्मरण गरे ।

डा. अनिलले भने, ‘ तत्कालीन अवस्थामा मलाई त्यो रुचीकर थिएन । बुबाको इच्छा पूरा गरिदिएजस्तो लाग्थ्यो । तर, अहिले घरकै कारण गाउँसँग जोडिरहन पाउँदा आनन्द र सन्तुष्टि प्राप्त भइरहेको छ ।’ सो स्मृति सभामा मुटुरोग विशेषज्ञ डा. अनिल र उनका दाजुहरु अभय सिंह र अजित सिंहले संयुक्त रूपमा बुबाले स्थापना गरेको विद्यालयको शैक्षिक विकासका निम्ति ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरे ।

जिल्लाको बलवा नगरपालिका–१० स्थित जनता राष्ट्रिय मावि धमौराका प्रधानाध्यापक योगेन्द्र यादवलाई सो रकम हस्तान्तरण गरे ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब