डा. ओममूर्ति अनिललाई पैतृक गाउँको मोह

  • कार्तिक २५, २०८१ | ३६० पटक पढिएको | सीमा संदेश
alt

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल प्रत्येक वर्ष छठ पर्वको बखत जन्मथलोका लागि केही गरौँ भन्ने मनसायले प्रेरित हुन्छन् । उनले संसारको जुनसुकै ठाउँमा पुगे पनि, जस्तोसुकै पेशा व्यवसायमा संलग्न रहे पनि आफ्नो गाउँ, जन्मस्थान र पृष्ठभूमिलाई भुल्न नहुने बताउँछन् ।

महोत्तरीको धमौरामा शनिबार बुबा तेजनारायण सिंहको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा आयोजित स्मृति सभामा बोल्दै डा. अनिलले अध्ययन र पेशाकर्मका कारण सन्तानहरू शहर केन्द्रित हुन थालेपछि धेरैको गाउँसँगको सम्बन्ध टुटेको बताए । आफूहरु पनि पढाइ र कामको सिलसिलामा शहरमा बस्न थालेपछि बुबाले गाउँमा घर बनाउन सुझाव दिएको उनले स्मरण गरे ।

डा. अनिलले भने, ‘ तत्कालीन अवस्थामा मलाई त्यो रुचीकर थिएन । बुबाको इच्छा पूरा गरिदिएजस्तो लाग्थ्यो । तर, अहिले घरकै कारण गाउँसँग जोडिरहन पाउँदा आनन्द र सन्तुष्टि प्राप्त भइरहेको छ ।’ सो स्मृति सभामा मुटुरोग विशेषज्ञ डा. अनिल र उनका दाजुहरु अभय सिंह र अजित सिंहले संयुक्त रूपमा बुबाले स्थापना गरेको विद्यालयको शैक्षिक विकासका निम्ति ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरे ।

जिल्लाको बलवा नगरपालिका–१० स्थित जनता राष्ट्रिय मावि धमौराका प्रधानाध्यापक योगेन्द्र यादवलाई सो रकम हस्तान्तरण गरे ।

इजरायल-इरान युद्धमा दुवैतिर जितको खुसी: आणविक कार्

इजरायल र इरानबिचको युद्धको १२औं दिन मंगलबार युद्धविराम ...

असार ११ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ११ गते । बुधबार । ईश्वी सन् २०२५ जु ...

कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत फेला

 कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा ...

इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब