आज कमला नदीमा ‘भूत मेला’

  • कार्तिक ३०, २०८१ | ४३४ पटक पढिएको | सीमा संदेश
alt

परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ । धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

कार्तिक पुर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात भूत खेल्ने धार्मिक परम्परा रहेको छ । सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।

यस मेला सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्छन् ।

सबैला र कमला नगरपालिकामा विदा

धनुषाको सबैला र कमला नगरपालिकाले कमलेश्वरी माताको पूजाअर्चनाका लागि सार्वजनिक विदा दिएको छ।

हिन्दू धर्मावलम्बीहरुले कार्तिक पुर्णिमाको दिन कमला नदीमा स्नान गर्दै पूजापाठ गरी कार्तिक पुािर्णमा मनाउनका लागि सबैला नगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको सबैला नगरपालिकाका मेयर कारीराम यादवले बताए ।

त्यस्तै कमला नगरपालिकाले बिहीबार र शुक्रबार गरी दुई दिनको सार्वजनिक विदा दिएको कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले बताए । विदाको दिन नगरपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक विद्यालय, वडा कार्यालय, स्वस्थ्य संस्था र नगर कार्यपालिकाको कार्यालयसमेत सार्वजनिक विदा रहने मेयर यादवले बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब