सर्किट हाउसमा समेत बास पाएनन् मन्त्री : विश्वहिन्दू परिषद्को टोली फिर्ता, सरकारी टोली मंगलवार फर्किने

  • मंसिर ४, २०८१ | ३३८ पटक पढिएको | सीमा संदेश
alt

विश्वहिन्दू परिषद् धनुषाले अयोध्यामा राममन्दिर ट्रष्टका सचिव चम्पत्त राय र विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजलाई तिलक हस्तान्तरण गरी सोमवार फर्किएको छ ।

परिषद् धनुषाले भगवान सीताराम विवाह महोत्सवमा सहभागी हुन अयोध्या तिलक लिएर गएको थियो ।विगतमा जानकी मन्दिरले भोजपत्र(निम्तो पत्र) हजाम (ठाकुर)मार्फत अयोध्या राममन्दिरका सन्तहरुलाई पठाउने गरेको थियो ।तर यस पटक विश्वहिन्दू परिषद् धनुषाले विश्वहिन्दू परिषद् अयोध्याको विशेष आग्रहमा तिलकको भारसँगै भोजपत्र लिएर गएको थियो । परिषद्ले पूर्व निर्धारित कार्यक्रम अनुसार सोमवार बिहान राममन्दिर ट्रष्टका सचिव राय र विश्वहिन्दू परिषद्का महासचिवलाई हस्तान्तरण गरेको तिलक कार्यक्रमलाई भगवान रामको तिलकोत्सव लेखिएको बैनर लगाइएको थियो ।

तिलक हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, उनीसँगै गएका मधेश प्रदेशका मन्त्रीहरु, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायत श्रद्धालुहरुको सहभागिता रहेको थियो ।अयोध्या जिल्लाको अतिथि गृहमा मुख्यमन्त्री सिंहले बहुत मुस्किलले बास पाए पनि मन्त्री र सभासदहरु राममन्दिर ट्रष्टको धर्मशालामा बसेका छन् । बिना सरकारी आमन्त्रण अयोध्या पुगेका मुख्यमन्त्री सिंह , मन्त्री र सभासदहरुले हदै सम्मको तिरस्कार सहनु परेको सहभागी एकजना मन्त्रीले बताए ।‘हामी अचानक आइपुगेको कारण विशिष्ट व्यवस्था हुन सकेन्’ मन्त्रीले भने, मुख्यमन्त्री बसेको सर्किट हाउसमा लामखुट्टेको प्रकोप रहेकाले ट्रष्टको धर्मशालामा बसेका छौ । तर राममन्दिरमा दर्शनका लागि लाम लाग्नु नपरेको उनले बताए । ‘विश्वहिन्दू परिषद् का सदस्यहरुले सोझै मन्दिरमा लगेर दर्शन गराइदिएको हो’ उनले भने, हाम्रो स्वागतमा विश्वहिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पंकज लगायतको टोली रहेको थियो ।

मुख्यमन्त्री सिंह सहितको सरकारी टोलीलाई अयोध्याका कुनै सरकारी कर्मचारी अथवा नगर निगमका पदाधिकारीहरुले भेंटेनन् ।मुख्यमन्त्री सिंहलाई विश्वहिन्दू परिषद् अयोध्याका महासचिव पंकज र राममन्दिर ट्रस्टका सचिव रायले आग्रहमा निम्तो पठाए पनि अन्य मन्त्री र सभासदहरुलाई कुनै आमन्त्रण आएको थिएन् । मन्त्रीहरु अयोध्या जाँदा परराष्ट्र मन्त्रालयको स्वीकृति समेत लिएका छैनन् ।निम्तो बिना निम्तो दिन गएका मुख्यमन्त्री सिंह लगायतका मन्त्रीहरुको भारतमा कुनै प्रतिष्ठा नरहेको भारसँगै गएका श्रद्धालु, व्यवसायीहरुले जनाएका छन् ।

तिलकको भारको नेतृत्व गरेको विश्वहिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको समूहमा मुख्यमन्त्री सिंह लगायत उनको टोली आइतवार वीरगञ्जबाट मिसिएको थियो । भगवान रामको तिलक अयोध्यामै गएर गरिसकेपछि जानकी मन्दिरले आयोजनागर्दै आएको तिलकोत्सवमाथि समेत ग्रहण लागेको छ ।‘जानकी मन्दिरले हजाम मार्फत पठाउने भोजपत्र(निम्तो)लिएर गएको टोलीले भगवान रामलाई तिलक चढाइसकेपछि एउटै विवाहका लागि कतिपटक तिलक चढाइने भने प्रश्न उठेको छ । मिथिलामा हुने बेहुलालाई एक पटक मात्र तिलकोत्सव हुन्छ ।

अयोध्यामै तिलकोत्सव भइसकेपछि राममन्दिरमा फेरि कसरी तिलकोत्सव गरिने? गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले प्रश्न उठाएका छन् । परम्परागत मूल्य र मान्यता विपरीत अयोध्या तिलक लगिएको भन्दै उनले विरोध जनाउदै आएका छन् ।मुख्यमन्त्री सिंहसँगै अयोध्यामा रहेका एकजना मन्त्रीले मंगलवार बिहानै जनकपुरधामका लागि प्रस्थान गरिने जनाएका छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब