विद्यार्थीको हाटबजारसहित शिक्षण सिकाई

  • मंसिर ९, २०८१ | ४३१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाममा सयौँ विद्यार्थीको सहभागितामा हाटबजार सञ्चालन गरिएको छ । सो हाटबजारमा नेपाल भरीबाट आएका विद्यार्थीहरुले आ–आफ्नो सीपमार्फत विभिन्न सामग्री उत्पादन गरी विक्री वितरण गरेका छन् ।

जनकपुरधाममा शनिबार मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको प्रांगण चारैतिर विद्यार्थीहरु लामबद्ध भई स्टल लगाएर दैनिक उपभोग्य वस्तुहरु लहरै राखेका थिए । घर सरसजावटका सामानहरुदेखि लिएर बगिया, पुरी, तरकारी, अचार, फापरलगायतका खाद्यसामग्रीहरु पनि बिक्रीका लागि राखिएका थिए । जुन विद्यार्थी आफैंले बनाएका थिए ।

स्कुले पोशाकमा सजिएका छात्रछात्रा आ–आफ्नो अगाडि भुटेको मकै, सिमी, अमलाको अचार, जरेला, ग्राउन्डएप्पल, मुला, भटमास, तितेकरेला, कागती, मास, चामल, फर्सी, सुठुनी, सुन्तला, तेजपत्ता, दूध, घिउलगायत कृषि उत्पादन राखेर ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्थे । विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले हाटबजार सञ्चालन गरेका हुन् ।

हाटबजारमा देशभरिका ३० विद्यालयबाट आएका करिव ३५० जना विद्यार्थीहरुले ८० वटा स्टलमा विभिन्न वस्तुहरु बिक्रीका लागि राखेका थिए । रहमान पनि हाटमा साथीसँगै पंक्तिबद्ध भएर प्लास्टिमा प्याक गरेको मकै, चुच्चेकरेलालगायत कृषि उत्पादन बिक्री गरिरहेकी थिइन् । हप्ताको ६ दिन विद्यालय जाने ती छात्रछात्रालाई शनिबार हटियामा कृषि उपज बिक्री गर्न भ्याइनभ्याई थियो ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहजीकरणका लागि विद्यालयमा हाटबजार कार्यक्रम राखिएको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका निर्देशक डा. सोनु साहले बताए । उनले भने, ‘अघिल्लो वर्ष हाटबजार आयोजना गरिएपनि सामग्री थोरै भएकाले अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिकाबीच सीमित हुन्थ्यो । तर, यसपालि बृहत रुपमा आयोजना गर्न पाउँदा एकदमै हर्षित छु ।’ ‘विद्यार्थीलाई हौसला र प्रोत्साहन प्रदान गर्न यसपालि हाटबजारलाई बृहत् गराइएको छ,’ निर्देशक डा. साहले भने । उनले भने, ‘विद्यार्थी पढ्छन् तर रोजगारको ग्यारेन्टी छैन । सीपमूलक काम केही जानेको हुन्न,’ नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशल सुदर श्रेष्ठले भने, ‘शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्नुपर्छ ।

पढेर गरिखाने बनाउनु पर्छ । पैसा बोकेर किन्न जाने तर बेच्न लजाउने प्रवृत्ति हटाउनु पर्छ भनेर सिकाउने प्रयास गरिएको हो ।’ कारखानाका सिइओ पवित्र बहादुर गौतमले भने, ‘हाम्रो शिक्षा विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने खालको हुनुपर्छ भन्ने महसुस गरेर यस्तो शैक्षिक अभ्यास गरिएको हो ।’ कारखानाले विद्यार्थीको किन्ने क्षमता हेरेर सामान विद्यालयमा बिक्री गर्ने गर्छ ।

गौतमले बताए अनुसार अहिलेको सिकाइको तौरतरिकाले विद्यार्थीलाई अलमलमा पारिरहेको छ । यस्तो अवस्थामा २० वर्षको उमेरमा एकैपटक कोही ‘इनोभेटर’ हुन सक्दैनन् भन्ने कारखानाको बुझाइ छ । उनले भने, ‘त्यसैले हामी पाठ्यक्रममा जे छ, त्यही कुरा उत्पादन गर्छौ । पाठ्यक्रमबाट टाढा हुँदैनौं’ उनले अघि थप्दैँ भने, ‘पाठ्यक्रमलाई कक्षामा लिएर जाने तौर–तरिकामा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ ।’

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब